१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १८ शनिबार
  • Sunday, 06 July, 2025
२o७७ पौष १८ शनिबार o९:o७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना संक्रमितकाे हेलिकाेप्टरबाट उद्धार    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष १८ शनिबार o९:o७:oo

उद्धारका लागि दुवैजनाले आफ्नै खर्चमा हेलिकोप्टर चार्टर गरेका हुन्

हिमाली जिल्ला डोल्पाबाट दुईजना कोरोना संक्रमित बिरामीको हेलिकाेप्टरबाट उद्धार गरिएको छ । 

ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको कैलाश एयरको हेलिकाेप्टरबाट उद्धार गरिएको हो । 

दुवैजना संक्रमितको अवस्था गम्भीर रहेकाले हेलिकाेप्टरबाट उद्धार गरी काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।     
     
केही दिनअघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य भए पनि बिहीबारदेखि दुवैको अवस्था थप जटिल बनेको प्रजिअ ढकालको भनाइ छ । उद्धारका लागि दुवैजनाले आफ्नो खर्चमा हेलिकोप्टर चार्टर गरेका हुन् ।