विश्वमा पाइने २४ प्रजातिका गोहीमध्ये नेपालमा घडियाल र मगर गरी दुई प्रकारका गोही पाइन्छन् । घडियालको थुतुनो लामो हुन्छ भने मगरको छोटो र थेप्चो हुन्छ । घडियाल सफा र निरन्तर बगिरहने ठूलाखाले नदीहरूमा मात्र पाइन्छन् भने मगर यस्ता नदीका अलावा पनि तालतलैया, पोखरी, तलाउ घोलघाल, जलाशय र वर्षायाममा धान खेतमा समेत देख्न सकिन्छ । घडियालको मुख्य आहारा माछा हो भने मगरले माछाको अलावा जंगली जनावर एवं घरपालुवामा कुकुरको समेत सिकार गर्दछ । वर्तमान समयमा मगरको संख्या लोप हुने अवस्थामा नभए पनि घडियाल भने अति संकटापन्न अवस्थामा पुगेको छ ।
सन् १९५० ताका बर्मा, बंगलादेश, भुटान र पाकिस्तानका नदीहरूमा घडियाल प्रशस्तै पाइन्थे । त्यसताका नेपालको नारायणीमा दुई सय ३५ वटा घडियाल पाइएको तथ्यांक भेटिन्छ । तर, वासस्थान विनाशले गर्दा सन् १९७० को दशकमा आएर संसारभर घडियालको संख्या दुई सयकोे हाराहारीमा र नेपालको नारायणीमा केवल ५७ वटामा सीमित रहेको थियो । हाल आएर बर्मा, बंगलादेश, भुटान र पाकिस्तानका नदीहरूबाट घडियाल लोप भइसकेको अवस्था रहेको छ भने नेपाल र भारतका केही नदीहरूमा न्यून संख्यामा अझै पनि पाइन्छन् । हाल नेपाल र भारतमा गरेर ६ सयजति परिपक्क उमेरका घडियाल रहेका छन । भनिन्छ, घडियाल गोही बाघभन्दा २० गुणा दुर्लभ तथा अतिसंकटापन्न सूचीमा पर्न गएको छ । नदीको किनारमा रहेका अग्ला बालुवाका ढिस्काहरूमा घडियालले जाडो याममा घाम ताप्ने, प्रजननको समयमा अन्डा पार्ने र बच्चा कोरल्ने गर्छन् । तर, कोरलिएका सबैलाई बचाउन सक्दैनन् । जसको प्रमुख कारण यसप्रकार छ :
वासस्थान अतिक्रमण र बढ्दो तियारी जालको प्रयोग :
घडियालको घर अर्थात् वासस्थान भनेको नदी र यसले बनाएका बालुवाका ढिस्काहरू नै हुन् । विगत केही वर्षदेखि लुकिछिपी नारायणी नदीको बगरमा प्लाष्टिकको ओत, छाप्रो बनाई माछा मार्ने समुदायहरूबाट बालुवाका ढिस्काहरूसमेत ओगट्नाले जाडोयाममा घडियालले घाम ताप्न एवं प्रजनन र अन्डा पार्नसमेत अवसर नपाउने भएकाले कहिलेकाहीँ पानीमा समेत अन्डा पार्ने गरेको भेटिएको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने बोटे, माझी, मुसहर, थारू, कुमाललगायतका नदीमा आश्रित समुदायलाई निकुञ्जले परम्परादेखि प्रयोग गर्दै आएको हाते जालबाट मात्र केवल दिनको समयमा मात्र माछा मार्न अनुमतिपत्र–लाइसेन्स दिएर उनीहरूको पेसालाई सुनिश्चित गर्दै आएकोमा सोको अवज्ञा गरी लुकिछिपी रातमा समेत डुंगाबाट तियारी जाल प्रयोग गरी राप्ती र नारायणीमा माछा मार्ने क्रम बढ्दो रूपमा देखिएको छ । हुन पनि तियारी जालबाट माछा मार्ने बहानाबाजीमा विगतका समयमा डुंगाबाट चोरी–सिकारीहरू निकुञ्जभित्र छिरी गैँडा नमारेका पनि होइनन् । तियारी जाल भलिबलको नेटजस्तो हुन्छ जसलाई माछा मार्नका लागि पानीमा भलिबलको नेटजस्तो नदीकै बहाव क्षेत्र ढाकिने गरी टाँग्ने र हिँडेर वा डुंगाबाट पनि पानीमा बगाउने गर्छन । माछा सल्बलाएको अवस्थामा सजिलै गरेर जालमा पर्ने भएकाले माछा मार्नेहरूका लागि तियारी जाल ‘हासोे, यसै क्रममा घडियाल जालमा समेत अल्झने भएकाले घडियालको लागि पासो’नै साबित भएको छ । तियारी जाल घडियालको मुखमा अड्किई मुख खोल्न नमिल्ने गरी बेरिएको अवस्थामा कैयौँ महिनासम्म माछा खान नपाई घडियालहरू अस्थिपञ्जरको रूपमा जीवित भेटिएका छन् । जीवित भेटिएको अवस्थामा निकुञ्जको टोलीले उद्धार गरेकोे अवस्था पनि रहेको छ भने कतिपय जाल बेरिएकै अवस्थामा मृत फेला पर्ने गरेका छन् । कतिपय घडियालहरूलाई माछा मार्नेहरूले नै आफ्नो जाल छुट्याउने क्रममा मारेर नदीमा फालेको अवस्थामा भेटिने गरेका छन् । त्यसैगरी राति नदीको किनारमा काठको किलोमा डोरीमा बल्छी बाँधी त्यसमा माछालाई मनपर्ने चारो राखी छाडिदिने र बिहान झिसमिसेमा बल्छीमा परेको माछा बल्छीवालाले संकलन गर्ने गर्छन् । आहारा खोजीमा रातको समयमा गोही नदीमा विचरण गर्दा बल्छीमा माछा अड्केको देख्छ र सो माछा खाने क्रममा बल्छीसमेत निल्न गई गोही कतिपय अवस्थामा मरेको र कतिपय अवस्थामा जीवित नै भेटिने गरेका छन् । यी विविध क्रियाकलापले गर्दा गत वर्ष मात्र १२ वटा घडियाल मृत अवस्थामा भेटिएका छन् । निकुञ्जले आप्mनो कर्म र धर्म छोडेको छैन । गत वर्ष मात्र अवैध रूपमा माछा मार्ने चार सय १३ जनालाई पक्राउ गरी कारबाहीको दायरमा ल्याएकै हो, तर घडियाललाई भने मारेर पानीमा फाल्ने र तत्काल पानीमा डुब्ने, तीन–चार दिनपछि शरीर ढाडिए–फुलेपछि मात्र पानीमा तरिएर लास उत्रिएर नदीमा बग्दै जाने क्रममा भेटिने भएकाले कसले मा¥यो भन्ने कुरा यकिन गर्न कठिन भएको छ । यस्ता कार्य गर्ने जोकोहीलाई पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम एकदेखि–१० वर्षसम्म कैद वा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान भए तापनि कानुनी दायरमा ल्याउन नसकिएको यथार्थ हो ।
तियारी जाल मुखमा बेरिएर माछा खान नपाएको भोको जीवित र दोस्रो मुखमा बल्छी अड्केको जीवित अवस्थाको । दुवैलाई उद्धार गरिएको र उपचारपश्चातः पुन नदीमा छोडिएको
विगतमा निकुञ्जको सिमानाबाहिर नारायणगढ, देवघाट, कालिगण्डकीसम्म घडियाल विचरण गर्ने गरेको पाइएको थियो, तर आज आएर वासस्थान विनाशले निकुञ्ज क्षेत्रमा मात्र घडियाल खुम्चिन पुगेका छन् । माछा मार्ने लाइसेन्सको अधिकार तेस्र्याउनेहरूले घडियाल बचाउने कर्तव्य बिर्सने हो भने डाइनोसार आउनुभन्दा अगाडिदेखि यस पृथ्वीमा आएको घडियाल डाइनोसारजस्तै लोप भएर जान्छ । तर, डाइनोसार लोप भएको करोडौँ वर्ष भइसक्दा यो जीव आजसम्म पनि अस्तित्वमा छ । मान्छे त धेरैपछि मात्र यस पृथ्वीमा देखापरेको प्राणी हो । पहिला यस धर्तीमा जसले पाइला टेक्यो त्यसकै पहिलो अधिकार सर्वमान्य अधिकार हो । सत्य युगमा घडियालले पृथ्वीमा पाइला टेक्ने कलियुगका मानवले माछा हाम्रो अधिकार हो भन्न कत्तिको सुहाउँछ र ? घडियाललाई सृष्टिकर्ताले माछा मात्र खाएर बाँच भनेर पठाएको प्रजाति हो, किनभने घडियाललाई माछा समात्ने दाह्रा, पानीमा पौडन र शत्रुसँग लड्न सक्ने शारीरिक बनावट दिएको छ भने मानवलाई त्यस्तो शारीरिक बनावट प्रकृतिले दिएको छैन । त्यसैले अर्काको आहार छिन्ने प्रयत्न नगरौँ । माछा मार्न पाउनुपर्छ भन्ने हामीले अर्काको आहार छिनिरहेका छौँ । यस्ता कार्यहरूलाई रोक्न खोज्दा निकुञ्जको गस्ती टोलीमाथि नै हुलहुज्जत गर्न के सुहाउँछ ? यस्तो परम्परा मौलाउँदै गयो भने भविष्यमा घडियाल संरक्षण के हुने हो ?
वैकल्पिक पेसा अंगाल्न इच्छुक नहुनु
विगतमा बोटे माझीलाई माछा मार्ने अनुमति नदिँदा हात–मुख जोर्ने समस्या थियो भने आज सरकारी एवं गैरसरकारी संघसंस्थासमेतको सहयोगबाट वैकल्पिक आयआर्जनका स्रोतहरू सिर्जना भएका छन् । हरेकका घरघरमा आम्दानीको वैकल्पिक स्रोत हुँदाहुँदै पनि माछा मार्न अनुमति पाउनुपर्ने कुरा अधिकारको रूपमा लिएर माग गरेको पाइन्छ भने अन्य निकायहरूबाट समेत प्रश्रय दिने खालका सिफारिस गर्ने प्रवृत्तिले नदीमा आश्रित समुदायको न दीर्घकालीन हित हुन्छ न संरक्षण नै । माछा मार्ने क्रममा गोही, बाघ, गैँडालगायत अन्य जंगली जनावरहरूबाट बर्सेनि माछा मार्ने मानिसहरू घाइते एवं मृत्युसम्म हुने गरेको यथार्थलाई ध्यानमा राख्दै बोटे, माझी, मुसहर जातिलाई नदी र वनमा आश्रित हुनबाट माथि उठाई वैकल्पिक पेसा–व्यवसायमा अग्रसर गराउन सके उनीहरूको जीविकोपर्जनमा र नदी संरक्षणमा सहयोग पुग्ने देखिन्छ । तर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र अन्य सहयोगी निकायहरूबाट वैकल्पिक पेसा–व्यवसायका अवसरहरूसहित सहयोग गर्न तयार रहँदासमेत नदीमा आश्रित समुदायमा तत्परतासहित कार्यक्रममा सहभागी हुन नखोज्नु र वैकल्पिक पेसाप्रति आकर्षित हुन नखोज्नु प्रमुख समस्याको रूपमा रहेको छ । निकुञ्जले नदीमा माछा मार्नेको चाप घटाउन २० भन्दा बढी पोखरी निर्माण गरी समूहमार्फत माछापालनको थालनी गरिदिएको भए तापनि निकुञ्जमा माछा मार्नेको चाप कम भएको महसुस गरिएको छैन, झन् अरू समुदायमा समेत बढेर गएको छ । यहाँसम्म कि घडियाललाई माछाजस्तै मारेर खाने गरेको पाइएको छ । जस्तैः वैज्ञानिक अध्ययनका लागि घडियाललाई पुच्छरमा रेडियो कलर जडान गरेर छोडिएकोमध्येको एउटाको रेडियो कलरजडित पुच्छरसहितको भाग पक्राउ परिने डरले काटेर जमिनमा लुकाएर गाडेको अवस्थामा भेटिएको र शरीरको अन्य भाग नभेटिएकाले माछाजस्तै घडियाललाई मारेर खान्छन् भन्ने कुरा यस घटनाले पनि पुष्टि गर्छ । वैकल्पिक पेसा उपलब्ध गराउँदासमेत त्यसमा अनिच्छुक देखाई पुर्खौँदेखिको माछा मार्ने पेसा हाम्रो अधिकार हो भन्ने एकहोरो सुगा रटान माछा मार्ने समुदायको रहेको छ । यस धारणालाई परिवर्तन गराई संरक्षणमुखी बनाउन स्थानीय सरकार, नागरिक समाज एवं बौद्धिक वर्गसमेतले पनि पहलकदमी लिनुपर्ने देखिन्छ ।
ढुंगा, गिटी र बालुवा उत्खनन :
घडियाल सरिसृपमा पर्ने चिसो रगत भएको प्रजाति हो । यस वर्गमा पर्ने प्राणीको शरीरको तापक्रम स्तनधारीको जस्तो एकनासको हुँदैन । स्तनधारीहरूको शरीरको तापक्रम जाडो होस् या गर्मी जे भए पनि शरीरको तापक्रम एकनास रहन्छ, तर बाहिरी तापक्रम घटबढ हुनासाथ घडियालकोे शरीरको तापक्रम पनि घटबढ हुन्छ । जाडो याममा शरीरको तापक्रम घट्ने हँुदा त्यो समयमा यसलाई आहाराभन्दा पनि शरीर न्यानो बनाइराख्न घामको आवश्यकता पर्दछ । जाडो याममा पारिलो घाम लाग्ने बगरमा अन्य क्षेत्रको भन्दा २–३ डिग्री तापक्रम बढी हुन्छ । बालुवाले अन्य क्षेत्रको भन्दा बढी तापक्रम सोस्छ, त्यसैले घडियालले हलचल नगरी आप्mनो पेटलाई तातो बनाउन तातो बालुवामा लगेर सेकाउँछ । त्यसैले जाडो याममा बगरमा मुढो हो कि घडियाल हो छुट्याउन गाह्रो हुन्छ । त्यस्तै, ढुंगा र गिटीले पनि बालुवाले जस्तै तापक्रम सोस्छ । हामी जोकोहीलाई माटोमा भन्दा जाडो याममा तातो बालुवामा पल्टिन मन लाग्छ र गैँडा, बाघलगायतका अनेकौँ वन्यजन्तु पनि जाडो मौसममा घाम लागेको बेलामा बगरमा सुत्ने गर्दछन् । यसले अप्रत्यक्ष रूपमा शरीरलाई शक्ति प्रदान गर्दछ । भनिन्छ, घामका किरणमा भिटामिन डी–३ पाइन्छ जसले शरीरमा भएको क्याल्सियम र फस्फोरसको तत्वलाई सक्रिय बनाइदिन्छ । जाडो याममा हामीलाई पनि ढाड दुख्ने, हातखुट्टा, घुँडा करकर खाने हुन्छ जसलाई हामीले आफ्नो शरीरलाई घाम खुवायौ वा घाममा सुत्यौँ भने केही समयपछि आराम भएको महसुस हुन्छ । चिसोको कारणले शरीरमा जमेको क्याल्सियम र फस्फोरसलाई भिटामिन डी–३ ले रगतमा घुलाई सक्रिय बनाइदिएर आराम भएको हो । यस्तो हरेक प्राणी जीवलाई हुने गर्दछ । त्यसैले घडियाल गोहीका लागि नदीका बगरहरू घाम ताप्नका लागि सुरक्षित हुनुपर्छ । नत्रभने मानिसजस्तै हड्डीसम्बन्धी विभिन्न रोगहरू वन्यजन्तुहरूलाई पनि लाग्छ भन्ने कुरामा हामीले ध्यान दिन सक्नुपर्छ ।
जाडो समयमा घाम ताप्दै
पानीभित्रका ढंगाहरूमा लेउ लागेका हुन्छन् । ती लेउमा कैयौँ मसिना जीव–जीवात्माहरू हुन्छन् । ढंगाको लेउ चाटेर कैयौँ प्रकारका माछा प्रजातिहरू बाँचेका हुन्छन् । यसैको सेरोफेरोमा अनेकौँ प्राणीहरू आश्रित हुन्छन् र त्यहाँ स्वच्छ जलीय आहारा सञ्जाल चलेको हुन्छ । माछा घडियालको आहारा हो भन्ने कुराको हेक्कासमेत नराखी पानीभित्र रहेका ढुंगा, गिटी र बालुवाका ढिस्काहरू आफ्नो स्वार्थमा घर, सडकमा उपयोग गर्न जथाभावी उत्खनन गर्दा गोहीका गुँडसमेत विनाश हुने गरेका छन् । तर, हामी हाम्रो घर बनाउँदा यी निरीह प्राणीको घर उजाड बनाइरहेका हुन्छौँ । कतै हामी जलीय सम्पदाको आहारा सञ्जाल चक्रको विनाश गरिरहेका त छैनौँ ? यो कुरा हामी सोच्दैनौँ । निकुञ्जले यी सम्पदाहरू बचाउनुपर्छ भन्दा निकुञ्जलाई विकासविरोधीको बिल्ला लाग्ने गर्छ । के यो न्यायोचित हो ? उसो भए निकुञ्जले राज्यले दिएको जिम्मेवारी पूरा गर्ने कि नगर्ने ? संरक्षण निकुञ्जका लागि मात्र हो कि सबैका लागि हो ?
विनाशखाले विकास
समृद्धिको नाममा पहाडतिर डोजर लगाएर जताततै भ्वाङ पार्ने विकासले गर्दा बाढीपहिरोेले हामी आफैँ असुरक्षित त भयाँै नै, तर तल्लो तटमा बस्ने बासिन्दाको दोष त केही थिएन, तर तिनीहरूको धनजनको क्षतिमा वृद्धि गरायौँ । नदीको पिँधमा गिटी, बालुवा, माटो थुप्रिएर पानीको बहावलाई गाउँबस्तीतिर धकेलिदियौँ । त्यसैगरी सोंस, गोही, माछा, कछुवालगायतका अन्य जलचरहरू र जलीय वनस्पतिहरूलाई झनै दुर्लभ बनाइदियौँ । स्तनधारी वर्गमा पर्ने माछा खाएर बाँच्ने ओत प्रजाति नारायणीमा नदेखिएको धेरै वर्ष भइसक्यो । विकास नै नगर्ने भनाइ यस लेखमा पटक्कै होइन । विकास गर्न पनि प्रक्रिया–पद्धति होला, सो नअपनाउनाले अहिले बाढीपहिरोबाट जनधनको निकै क्षति भएको छ । प्रकृतिलाई विनाश गरेर गरेको विकासको के अर्थ ? । यसले विनाश मात्र निम्त्याएको छ ।
पानीभित्रका काठपात संकलन :
नदीले बगाएर ल्याएको रूखहरू पानीभित्र अड्किएर बसेको हामी सबैले देखेकै हुनुपर्छ । तर, हामी यस्ता काठपातलाई प्रयोगहीन खेर गइरहेको रूपमा बुभ्mछौँ । आप्mना आवश्यकता पूरा गर्नका लागि संकलन गर्छौँ–गराउँछाँै र जलचर प्राणीकोे आवश्यकता के छ भनी मनन पनि गर्दैनौँ । पानीमा रहेको रूखको जरा कैयौँ प्रकारका माछाहरूको घर हो भने पानीबाहिर निस्केका हाँगाबिँगा चरा, गोहीको घाम ताप्ने, आराम गर्ने ठाउँ पनि हो । अन्य कैयौँ प्रकारका जलीय जीवजन्तुहरूको आश्रयस्थल पनि हो । तर, यस्ता रुखहरू जथाभावी निकाल्ने प्रचलनले हामीले उनीहरूको वासस्थान र घडियालको आहारालाई असर पु¥याइरहेका छौँ ।
नदी प्रदूषण :
स्वच्छ पानी मानवलाई मात्र होइन, जलचर, स्थलचर, बोटबिरुवादेखि कृषिबालीलाई समेत उत्तिकै आवश्यकता पर्दछ । धार्मिक हिसाबले नेपालका नदीहरू पवित्र मानिन्छन्, तर जलीय पर्यावरणको आँखाले हेर्ने हो भने त्यत्तिकै अपवित्र छन् । जस्तै काठमाडौंको बागमती र विष्णुमतीलाई लिन सकिन्छ । हाम्रा अग्रजहरूले बागमतीको पानी खाएकै हुन्, त्यहाँ नुहाउने, पौडी खेल्ने कार्य गरेकै हुन् । तर, आज हामी त्यो पानी खान त परै जाओस् धार्मिक रूपले शरीरमा छर्कनसमेत हिचकिचाउँछौँ । डा. जीवन श्रेष्ठका अनुसार आजभन्दा ३५–४० वर्षअगाडि ३५ जातका माछा बागमती र विष्णुमतीमा पाइएका थिए । तर, अहिले अक्सिजन धेरै चाहिने माछाहरू ती नदीहरूबाट हराएर गए भने मुस्किलले दुई–तीन जातका फोहोर पानी (कम अक्सिजन)मा बाँच्न सक्ने माछा जस्तै हिले र सिंगी मात्र छन् । ३५८ हप्ता लगाएर बागमती सरसफाइ गरेको कुरा सञ्चारमाध्यमबाट सुनिन्छ, तर हराएका माछा प्रजातिहरू फर्किएका कुरा किन सुनिँदैन होला ? जुन नदीमा माछा बस्न सकेन, त्यहाँ मान्छे कसरी बस्न सक्छ ? नदी सफा, सङ्लो कञ्चन भयो भने त्यो घर माछाको पनि हो, मान्छेका लागि पनि बस्न योग्य ठहरिन्छ । जसले हाम्रो जिउने आधार खडा गरेको छ । नदी प्रदूषण गर्नाले आज काठमाडौंको पर्यावरणीय दुर्दशा हाम्रोअगाडि छर्लंग छ । प्रदूषित पानीको कारणले उब्जने मलेरिया, टाइफाइड र डेंगुजस्ता रोगका कारणले सालिन्दा कैयौँ मानिसको ज्यान गइरहेको छ । के हामी घडियाल लोप गराएर काठमाडौंको बागमती र विष्णुमतीलाई जस्तै राप्ती र नारायणी नदीलाई पनि बनाउन त खोजिरहेका छैनौँ ?
नारायणी बगरमा थुप्रिएका फोहोर
नारायणी र राप्ती नदीका जलाधार क्षेत्रबाट समेत बगेर आएका प्लाष्टिकजन्य फोहोर बगरमा जताततै छरिएर रहेको देख्न सकिन्छ । त्यसैगरी नदीको किनारमा अव्यवस्थित ढंगले मान्छेका लास पोल्ने, पोलेर बाँकी रहेका अवशेषहरू त्यसै छोडिदिने र मृतकले प्रयोग गरेका लत्ताकपडा, भाँडाकुँडा नदी किनारमा छाडिदिने प्रचलनले नदी दिनानुदिन फोहोरमाथि फोहोर हुँदै गइरहेको छ । परिणामस्वरूप घडियालको घाम ताप्ने, अन्डा पार्ने र बच्चा कोरल्ने स्थानहरूको कमी हुँदै गएको छ । नदीमा फोहोर गर्ने संस्कृतिलाई नबदलेसम्म घडियाल संरक्षण कसरी सम्भव होला र ?
आजभन्दा १५ वर्षअघिसम्म नारायणगढ, देवघाट र कालिगण्डकीसम्म पाइने घडियाल स्थानीय निकायबाट निस्कने फोहोर र ढल नदीमा मिसिने गर्नाले त्यस क्षेत्रमा घडियाल देखापर्न छोडेको छ । नारायणीको पुल वरपर घडियाल दौडनुपर्नेमा पानीजहाज दौडन थालेको छ । नारायणी किनारमा स्थापित गिलमेरी बियरलगायतका उद्योगले सोझै ढल नारायणीमा मिसाइदिने गरेका छन् । उद्योगहरूले वातावरणीय मापदण्ड पूरा गर्नेछु भनी सरकारसँग कागजमा सम्झौता गरेका त होलान्, तर व्यवहारमा भने देखिएको छैन । अहिलेको अवस्था देख्दा बागमती र विष्णुमतीको झझल्को दिने खालको चितवनका नदी भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज बचाउनलाई सर्वप्रथम घडियाल र यसको मुख्य वासस्थानको रूपमा रहेको राप्ती र नारायणी नदी बचाउनुप¥यो, अनि मात्र निकुञ्जका स्थलचर गैँडा, बाघ बाँच्छन्, होइन भने बचाउन कठिन हुन जान्छ । जस्तै : घडियाल, सोंस, माछा, कछुवालगायत धेरै जलचर चितवनका नदीहरूबाट बागमतीका माछाजस्तै लोप भएर जाँदा त्यसले पार्ने विकराल समस्या त छँदै छ, तर यहाँका बाघ, गैँडाजस्ता अनेकौँ स्थलचरले प्रदूषित पानी पिउँदा तिनीहरूको स्वास्थ्यमा के–कस्तो असर पर्ने हो ? प्रदूषित पानीको प्रभावले वन्यजन्तुले मन नपराउने खालको घाँस प्रजातिसमेत स्थापित हुने हुँदा वन्यजन्तुहरू के खाएर बाँच्ने हुन् ? । भोजनका लागि वन्यजन्तुहरू गाउँबस्ती निस्कने सम्भावनाहरू त्यत्तिकै बढेर जान्छ । अझ प्रदूषित पानीले सिँचाइ गर्दा कृषिबाली नष्ट हुने वा नसप्रने हुन्छ । जनतालाई स्वच्छ पिउने पानीका लागि अर्को मेलम्ची जन्माउन सकिएला, तर एकपटक लोप भएको वन्यजन्तु पुनः पृथ्वीमा ल्याउन सम्भव छैन । विश्वलाई चिनाउने विश्व सम्पदामा सूचीकृत हाम्रो निकुञ्ज कतापट्टि मोडिने हो भन्ने चिन्ताको विषय भएको छ । ठूला नदीहरूको पानीको स्वच्छताको सूचक घडियाल गोही हो । यदि नदीमा हामीले यसको संरक्षण गर्न सक्यौँ भने मात्र हामीले पिउने पानी, सिँचाइ गर्ने, गाईवस्तुलाई खुवाउने, नुवाउने, पौडी खेल्ने, कपडा धुने, भाँडा माझ्ने पानी स्वच्छ हुन्छ । नदी प्रदूषणसँगै हाम्रो जीवन पनि प्रदूषित हुँदै जान्छ, नदी प्रदूषित हुँदा जलचर र अन्य आश्रित प्राणी मात्र होइन हामी पनि समाप्त हुन्छौँ । यी जनावरहरूलाई बचाउन सके मात्र हामी सुरक्षित हुन्छौँ । त्यसैले हाम्रो आफ्नो सुरक्षाका लागि पनि हामी सचेत हुन जरुरी छ ।
सीमावर्ती क्षेत्रमा निर्माण भएका बाँध, नहर र कुलोमा घडियाल फस्नु :
मानिस चेतनशील प्राणी भएकाले उसले आप्mनो र अरूको अस्तित्वलाई समेत आत्मसात् गर्नुपर्छ, तर त्यो गरेको पाइँदैन । नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्माण भएका बाँधहरू वातावरणमैत्री छैनन् । किनभने जलचरहरूको वृत्ति विकास, आनीबानीको ख्याल नै नगरी केवल मानव हितका लागि मात्र ध्यान दिएर बनाइएको बाँधले प्रत्यक्ष रूपमा जलचरहरूलाई असर पुगेको छ । जलचरहरूको मौसमअनुसार हुने गतिविधि अर्थात् बसाइँसराइ गर्ने कार्यलाई यस्ता बाँधहरूले कुण्ठित तुल्याएको छ । घडियालको वासस्थानको कुरा गर्ने हो भने गंगा र यसका आसपासका नदीहरू हुन् । यिनीहरू पानीको तापक्रमअनुसार बसाइँ सर्ने गर्दछन् । यस्ता खालको प्रवृत्ति सबैखाले जलचरहरूमा हुन्छ । चितवन राष्ट्रिय निकुञ्जमा घडियालको उपयुक्त वासस्थान भनेको करिब एक सय किलोमिटरजति रहेको छ । अर्धजवान घडियालले एक हजार किलोमिटर टाढासम्म जलयात्रा गरेको अध्ययनले देखाएको छ । त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट राप्ती नदीमा छोडिएका घडियाल एक हजार किलोमिटरभन्दा टाढा भारतको पश्चिमबंगालस्थित हुग्ली र महानन्द (नेपालतर्पm मेची) नदीमा दर्जनौँ घडियाल फेला परेका छन् । यस्ता घटना धेरै हुन्छन्, यी उदाहरण मात्र हुन् ।
पृथ्वीमा मानिस नआउँदै गंगा र यसको सहायक नदीहरूमा निर्वाध रूपमा घुमफिर गरेको घडियाल, मानवको चपेटामा परेपछि नेपालबाट बग्दै जाँदा बाँध कटेर भारत पुगेको पत्तै पाउँदैन । तर, फर्किने बेलामा बाँधको अवरोधले नेपाल छिर्न कठिन हुन्छ । यसरी बाँध कटेर भारत जानु उसको दोष होइन किनभने उसको शरीरमा आप्mनो तापक्रम हुँदैन । शरीरको तापक्रम मिलाइराख्न उसले बाहिरी तापक्रममा भर पर्नुपर्ने अवस्थाले गर्दा पानीको तापक्रमअनुसार बग्दै जाँदा भारत छिरेको हो । तर, मानवले यस्ता जलचर उँधो–उँभो गर्ने खालको वातावरणमैत्री ढोका बनाउन ख्याल नै राखेनन् । नेपालबाट मानवीय रेखदेखका साथ नियन्त्रित तरिकाले घडियाल पालन तथा प्रजनन गराई हुर्काएर नदीमा छोडेका अधिकांश घडियाल भारतमा अड्केर बसेका छन् । नेपालका घडियाल भारतमा गए भन्ने चिन्ताको विषय होइन कि चिन्ता यस मानेमा हो कि निर्वाध रूपमा जलचरहरूको उँधो–उँभो गर्ने स्वतन्त्रता कुठाराघात भयो भन्ने हो । जलचरहरू तलमाथि गरिरहने उनीहरूको प्राकृतिक नियम हो र नैसर्गिक अधिकार पनि हो । यो अधिकार जलचरहरूले मानव पृथ्वीमा आउनुभन्दा अगाडि नै प्राप्त गरिसकेका थिए ।
मानवनिर्मित नहरमा कतिपय अवस्थामा घडियाल फसी उद्धारसमेत गरिएको छ । ०६९ साल कात्तिकमा एउटा घडियाल कलैयाबाट उद्धार गरेको अवस्था छ । भएछ के भने ठूलो माछा मलाहाको जालमा परेछ भन्ने हल्ला नजिकको प्रहरी कार्यालयमा पुगेपछि घडियाल परेको तथ्य थाहा भयो र प्रहरीको सहयोगले पर्सा राष्ट्रिय निकुञ्जमार्फत कलैयादेखि घडियाल उद्धार गरेर ल्याएको उदाहरण पनि ताजै छ । उक्त घडियाल नवलपरासीको त्रिवेणी ब्यारेजबाट पूर्वतर्फ लाग्ने गण्डक नहरैनहर भएर कलैया पुगेको थियो जसको लम्बाइ त्रिवेणीदेखि कलैयासम्म एक सय ३६ किलोमिटर रहेको छ ।
घडियाल संरक्षणका प्रयासहरू :
घडियाल विश्वमा अतिसंकटापन्न अवस्थामा रहेको प्राणी हो । वासस्थान उचित संरक्षणको अभावले प्राकृतिक अवस्थामा घडियालको बालमृत्युदर निकै हुने हँुदा यसको दीर्घकालीन संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा ०३५ सालमा घडियाल संरक्षण प्रजनन केन्द्रको स्थापना गरिएको थियो । यस केन्द्रबाट घडियालका बच्चा प्रजनन गराई हालसम्म १५६९ वटा घडियाल देशका प्रमुख नदीहरू जस्तैः महाकाली, कर्णाली, बबई, नारायणी, राप्ती, कालिगण्डकी र कोसीमा छोडिएको छ जसले गर्दा हालसम्म पनि प्राकृतिक अवस्थामा घडियाल गोही देख्न पाइएको छ । तर, छोडिएकामध्ये ७५ प्रतिशत भारत पुग्ने गर्छन् । पछिल्लो तथ्यांकअनुसार नेपाल–भारत सिमानानजिक त्रिवेणी बाँधतल भारतीय क्षेत्रको गण्डक नदी (नारायणी भनिन्छ नेपालतर्फ)मा दुई सय ११ घडियाल रहेको भन्ने भारतको मुगावे अनलाइन खबरमा उल्लेख छ भने यता नेपालतर्फ नारायणी र राप्तीमा दुई सय ३० घडियाल रहेका छन् । मान्छेका लागि यो तेरो–मेरो घर, यो तेरो–मेरो देश, तर जीवका लागि गोलो पृथ्वी एउटै घर हो । घडियालको मुख्य वासस्थान वा मूलघर भनेकै गंगानदी हो । त्यसैले यसको वैज्ञानिक नाम पनि ग्याभियलस गंगेटिकस राखिएको हो । नेपालका घडियाल भारत गए भनेर चिन्ता लिइरहनुपर्ने जरुरी छैन । त्यसो त प्रजननको समयमा उँभौली लाग्ने क्रममा भारतको गंगानदीका माछा नेपालको पहाडीे भेगको खोल्साखोल्सीसम्म पुग्छन् र पछि बच्चा प्रजनन भएपछि फर्किन्छन् । उँधौली–उँभौली गर्ने क्रममा जहाँ भए पनि जलचरहरू सुरक्षित हुनुप¥यो भन्ने भनाइ मात्र हो । जलचरहरू अस्तित्वमा आएदेखि नै प्रकृतिमा निरन्तर चलिरहने यो एउटा स्वस्थ जलीय प्रक्रिया हो जुन बेला यो धर्तीमा मानवको उत्पत्ति नै भएको थिएन ।
मगर गोही
घडियालको जैविक महत्व :
नदीभित्र विभिन्न प्रकारका सूक्ष्म जीव र वनस्पतिदेखि ठूलाखाले जलचरहरूको बीचमा माकुराको जालोजस्तो प्राकृतिक रूपमै सन्तुलित खाद्य आहर सञ्जाल (एकले अर्कोलाई खाने, जस्तैः वनस्पतिलाई किरा र माछाले खाने, किरालाई भ्यागुता र सर्पले खाइदिने र अन्तमा माछालाई गोहीले खाने) चलेको हुन्छ । खाद्य सञ्जालचक्रमा विभिन्न प्रकारका सूक्ष्म जलीय वनस्पतिदेखि विभिन्न जलीय किराहरू, माछाहरू र अन्तमा गोहीसमेत जोडिएको हुन्छ जसलाई नदीमा फाल्ने फोहोरले भत्काउने काम गरेको हुन्छ । प्लाष्टिकजन्य फोहोर नदीमा फाल्दा कहीँ न कहीँ पानीमा अड्केर बसेको हुन्छ र त्यसमा लेउ र स–साना जीव–जीवात्माहरू टाँसिन पुग्नाले अर्कोथरी जलीय जीवहरू त्यसप्रति आहारका लागि आकर्षित हुन आउँछ जसले प्लाष्टिकमा रहेका लेउ र किरा खाने क्रममा प्लाष्टिक नै खान पुग्छन् । यसले गर्दा जलीय जीवहरूको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ भने अर्कोतर्फ कलकारखानाबाट अप्रशोधित फोहोर सोझै नदीमा मिसाउँदा स्वस्थ जलीय प्रणालीलाई नै खतरामा पु¥याउँछ । जस्तैः स्वच्छ, सफा, सङ्लो पानीमा सूर्यकोे प्रकाश पानीभित्र छिर्दा त्यहाँ रहेका जलीय वनस्पतिहरूले अक्सिजन उत्पादन गर्छन् जसले जलीय जीवहरूलाई अक्सिजन लिन सजिलो हुन्छ । तर, अप्रशोधित फोहोरले एकातिर जलीय वनस्पतिलाई मार्छ भने अर्कोतर्फ पानी धुमिल हुने हुँदा पानीभित्र सूर्यको प्रकाश सजिलोसँग छिर्न नपाउनाले यी सबै प्रक्रिया अवरुद्ध हुने कारणले अक्सिजन धेरै चाहिने जीवहरू पानीबाट हराएर जान्छन् र घडियाल पनि एक्लो बाँच्न सक्दैन, अन्ततः प्रजाति लोप हुन्छ । बागमती र विष्णुमतीका माछाहरू पनि यसैगरी हराएर गएका हुन् । नदीलाई फोहोर बनाएर हामी आफैँले आफैँलाई काल निम्त्याइरहेका छौँ । प्रदूषित पानीबाट हुने संक्रमण रोगहरू जस्तैः हैजा, टाइफाइड, मलेरिया, डेंगुजस्ता रोगहरूले प्रश्रय पाउनाले मानवलाई स्वस्थ भएर बाँच्न कठिन हुन्छ । युरोपतिर पोखरी, जमेको पानी, दहहरू र नालाको पानीलाई सफा वा निर्मलीकरण बनाइराख्नलाई माछापालन गरिन्छ जसले हैजा, टाइफाइड, मलेरिया, डेंगुजस्ता रोगका कीटाणुहरूलाई माछाले खाइदिएर जैविक प्रक्रियाबाट रोग नियन्त्रण गर्न सहयोग पु¥याउँछन् । त्यसैले हामीले पनि घडियाल नदीमा भयो भने पानी स्वच्छ सफा हुन्छ र नदी प्रदूषण हुँदैन भन्ने ज्ञान दिनुपर्छ ।
जुन देशमा नदीलाई देउता वा गंगा वा देवी मान्दैनन्, ती देशका नदीहरू सफा छन् । तर, हाम्रो देशमा देउता मान्दै आएका नदीहरू सबभन्दा बढी फोहोर छन् । नदी आफैँमा सफा–सुग्घर हुन्छन्, तर फोहोर हामीले गरिदिन्छौँ । फोहोरको कारणले नदीहरू अस्वस्थ हुन्छन् । कुनै मानिस रोगी छ कि निरोगी छ भन्ने छुट्याउने आधार भनेकै उसको रगत, दिसा, पिसाबलगायत अन्य विविध पक्ष जाँच नगरीकन थाहा लाग्दैन, तर प्रकृतिमा त्यो सम्भव छैन । नदी स्वस्थ वा अस्वस्थ छ भनी थाहा पाउन त्यहाँ पाइने जीव–वनस्पतिले नै निक्र्योल गर्दछ । त्यसैले नदी फोहोर छ कि सफा छ भनी नाप्ने कसी वा सूचक भनेकै जुन नदीमा जे जीव–जन्तु, माछा र वनस्पति पाइन्छ त्यसैलाई आधार लिएर गरिन्छ । कहीँ सहर, ठेड, असला र गोंछ माछा, कहीं सोंस, कछुवा, गोही, जलपक्षी, भ्यागुता र कतै जलीय वनस्पतिलाई कसी वा सूचकको रूपमा प्रयोग गरिन्छ । घडियाल गोही पाइने स्थानमा यसैलाई आधार लिएर नदीको स्वस्थपन मापन गरिन्छ । जस्तैः समथर भूभागका नदीमा गोहीहरू हृष्टपुष्ट, मोटाघाटा, बलिया छन् भने भन्न सकिन्छ– उनीहरूको आहारा पु¥याउने माछाहरू प्रशस्तै छन् । यदि माछाहरू निरोगी र पानीमा सल्बलाउँछन् वा उफ्रन्छन् भने हामी सजिलै थाहा पाउछौँ– उनीहरूका लागि पानीभित्र नदीले बगाएर ल्याएका काठपात अर्थात् माछा लुक्ने घर छ भन्ने संकेत गर्दछ र त्यहाँ माछालाई चाहिने आहारा जस्तैः मनग्य लेउ र सूक्ष्म जलीय घाँसपातहरू उपलब्ध छ । यदि पानीभित्र लेउ लागेका ढुंगाहरू, घाँसहरू बाक्लै र हरियो छ भने हामी भन्न सक्छाँै त्यहाँ माछालाई चाहिने अक्सिजन प्रचुर मात्रामा छ र जलीय सूक्ष्म किराहरूले आहार र वास राम्रै पाएका रहेछन् । यो परस्पर–सम्बन्ध र खाद्य सञ्जालले एउटा स्वस्थ जलीय पर्यावरणको स्वच्छता निर्माण गरेको हुन्छ । जब कुनै एउटा अंग लोप हुने अवस्थामा पुग्छ, त्यो प्राणीको एउटा अंग भाँचिन जान्छ । निकुञ्ज–आरक्षहरूले यस्तो संरचनाहरू बचाएर राख्ने गर्छन् । मानवीय जीवन त्यही परस्पर–सम्बन्ध सञ्जालमा निर्भर रहन्छ । यस्तो किसिमको प्रणालीको विकास गर्न सबै क्षेत्रमा निकुञ्ज नै चाहिन्छ भन्ने छैन । सामुदायिक वनहरू जे–जसरी संरक्षण भएका छन् त्यही विधिवाट पनि हाम्रा नदीनालाहरू बचाउन सक्छाँै र स्वच्छ जलीय पर्यावरणको विकास गर्न सक्छौँ ।
राय– सुझाब :
तुलनात्मक हिसाबले हेर्दा नदीमा आश्रित समुदाय वन्यजन्तुसँग सितिमिति नडराउने भएकाले पनि जंगली जनावर बाघ, भालु, हात्ती, गैँडाको वासस्थानमा माछा मार्न, साग सिस्नु, कन्दमूल टिप्ने निहुँमा जंगल प्रवेश गर्दा बर्सेनि कैयौँ व्यक्तिहरूले वन्यजन्तुको आक्रमणवाट ज्यान गुमाउनुपरेको र कतिले अपांग जीवन गुजारा गर्नुपरेको अवस्था रहेको छ । सन् १९६१ यता विश्वमा जनसंख्या दोब्बर भएको छ, त्यसमा नेपाल पनि अछुतो छैन । उहिलेउहिले प्राकृतिक स्रोत धेरै थिए, जनसंख्या थोरै भएकाले प्राकृतिक स्रोतमाथि भरपर्दा खासै असर पर्दैनथ्यो र मानवीय जीवन पनि चल्दथ्यो । हाम्रा पुर्खाहरूको पालामा जे–जसरी भए पनि जातजातिअनुसार आ–आप्mनो पेसागत व्यवसायमा चलेका थिए । तर, समयले आज कोल्टे फेरेसँगै पुख्र्यौली पेसामा मात्र भर पर्दा हाम्रो खुजारा चल्ने अवस्था छैन । आज आएर पनि माछा मार्न पाउनुपर्ने हाम्रो पेसा हो, अधिकार हो भन्दा माछाले पनि बाँच्न पाउनुपर्ने अधिकार होला नि, कि होइन ? घडियालको पनि उसको आहारा माछा खान पाउनुपर्ने उसको अधिकारको कुरो होला नि, होइन ? तसर्थ, समाजमा भइरहेको परिवर्तनसँगै आफ्नो जीवनमा रूपान्तरण गर्नका लागि पनि जीवननिर्वाह मात्र गर्ने खालका पेसाका विकल्प खोज्नुपर्ने हुन्छ । वैकल्पिक पेसा अँगालेर आर्थिक रूपान्तरण गरेका उदाहरणीय व्यक्तित्वहरू हरेक समाजमा भेटिन्छन् ।
पानी संरक्षण र शुद्धीकरण गर्ने नदीजन्य पदार्थ जस्तैः बालुवा, गिटी र ढुंगा उत्खनन गर्ने, नदीले बगाएर ल्याएका पानीभित्रका रूखहरूसमेत संकलन गर्ने र प्लाष्टिकजन्य फोहोरहरू नदीमा फालेर जलचरहरूको वासस्थान तथा खाद्य आहार सञ्जालमा समेत प्रतिकूल असर पु¥याएका छौँ । नेपाल–भारत सिमानामा निर्मित बाँधहरूको संरचनामा फेरबदल गरी जलचरहरू निर्वाध रूपमा उँधौली–उँभौली गर्ने मैत्री वातावरण विकास गर्न दुवै देशको समझदारीमा सम्भव नभएमा अन्तर्राष्ट्रियस्तरको पहलकदमीसमेत गर्नुपर्ने देखिन्छ । संसारमा धनाढ्यहरूले पैसाले भौतिक चिजवस्तु किन्न सक्लान्, तर प्रकृति किन्न सक्दैनन् । प्रकृतिमाथि राइँदाइँ गरेर मानवले सहज रूपमा जीवनयापन गर्न सक्दैनन् । प्रकृतिलाई हामीले बचायौँ भने मात्र प्रकृतिले हामीलाई बचाउँछ । अध्ययनले भन्छ– वन्यजन्तुको वासस्थानमा जति धेरै हस्तक्षेप ग¥यो उति धेरै महामारीको जोखिम बढ्छ । त्यसैले सम्पूर्ण मानव समुदायको स्वच्छ वातावरणमा जिउने हकको संरक्षण गर्दै मानव जीवनको रक्षाका लागि हातेमालो गरौँ । यसैमा हाम्रो कल्याण निहित छ । नत्रभने इबोला, कोराना भाइरस जस्तै नयाँ–नयाँ भाइरस जन्म भई अबका भावी पिँढीहरूलाई अत्याइरहनेछ ।
(खड्का चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा सहायक संरक्षण अधिकृत पदमा कार्यरत छन् ।)