१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:३३:oo
Read Time : > 3 मिनेट
ad
ad
फिचर

एउटै खेल नखेले पनि रोजर फेडेरर बने २०२० मा सबैभन्दा धेरै कमाउने खेलाडी 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३३:oo

कोरोना भाइरस (कोभिड–१९)ले सन् २०२० को खेल क्षेत्रलाई निकै प्रभावित पार्यो । कोभिड–१९ को मारमा परेका खेलाडी महिनौँ दिनसम्म घरमा निसासिएर बस्न बाध्य भए ।

अब बल्ल भने खेल क्षेत्रमा केही चहलपहल सुरु भएको छ । विश्व स्वास्थ्य संगठन तथा (डब्ल्युएचओ) सम्बन्धित खेलका सर्वोच्च निकायले तोकेको प्रोटोकलअनुसार फुटबल, क्रिकेट तथा टेनिसका खेलाडी मैदानमा उत्रिन थालेका छन् । अझै पनि दर्जनौँ खेलका खेलाडी मैदानमा आउन पाएका छैनन् । जसकारण, उनीहरूको आर्थिक स्थिति डामाडोल बनेको   छ ।

यहीँ पृष्ठभूमिमा केही खेलाडी यस्ता छन, जसले कोरोना महामारीबीच पनि मनग्य आम्दानी गरेका छन् । अमेरिकाको चर्चित पत्रिका फोब्र्सले सन् २०२० का सर्वाधिक कमाउने खेलाडीको सूची तयार पारेको छ । जसमा टेनिसका स्टार रोजर फेडेरर शीर्ष स्थानमा छन् । उनले योपटक अर्जेन्टिनी फुटबलर लियोनल मेसीलाई पाखा लगाएका छन् । यस लिस्टमा अमेरिकामा ६ खेलाडीले अधिपत्य जमाएका छन् । ती अमेरिकन खेलाडी शीर्ष पाँचपछि मात्र समावेश छन् । शीर्ष चारसम्म टेनिसका एकजना तथा फुटबलका तीनजना खेलाडी छन् । 

फेडेररले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, मेसी तथा बाज्रिलका नेमार जुनियरलाई सन् २०२० मा कमाइको मामलामा पछि पारेका छन् । रमाइलो पक्ष के छ भने, यस बर्ष फेडेररले एउटा पनि टेनिस प्रतियोगितामा सहभागिता जनाएका छैनन् । सन् २०२० मा आयोजना भएका अस्ट्रेलियन, फ्रेन्च तथा युएस ओपनमा फेडेरर अनुपस्थिति रहे । तर पनि, उनी सबैभन्दा बढी कमाई गर्ने खेलाडी बनेका छन् । 

अब सन् २०२१ को पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा भने उनले सहभागिता जनाउने पक्का भएको छ । फेडेरर एक वर्षपछि कोर्टमा फर्कन लागेका हुन् । ४० वर्षीय फेडेररले ग्रान्डस्लाम जित्ने मनोकांक्षाका साथ अस्टे«लियन ओपनबाट पुनरागमन गर्न लागेका हुन् । फोब्र्सको सूचीअनुसार स्विट्रल्यान्डका फेडेररले सन् २०२० मा एक सय ६ मिलियन डलर आर्जन गरेका छन् । नेपाली रुपैयाँअनुसार उनले १२ अर्ब ४८ करोड रुपैयाँ कमाइ गरेका छन् । 

फेडेररको आम्दानीको स्रोत
फेडेररले विभिन्न विज्ञापन तथा ब्रान्ड एम्बास्डरका रूपमा सय मिलियन डलर हात पारेका छन् । विभिन्न प्रतियोगिता तथा पारिश्रमिकबाट उनले एक सय ६ मिलियन डलर पाएका छन् । आम्दानीका हिसाबले गतबर्ष फेडेरर पाँचौँ स्थानमा थिए । यो साल उनको आम्दानी ९३.४ मिलियन डलर थियो ।

सर्वाधिक कमाउने सूचीको दोस्रो नम्बरमा यो वर्ष फुटबलर रोनाल्डो छन् । उनले एक सय पाँच मिलियन डलर कमाएका छन् । फेडेररले रोनाल्डोलाई थोरै रकमले जितेका हुन् । उनले विज्ञापनबाट ४५ मिलियन र पारिश्रमिबाट ६० मिलियन डलर प्राप्त गरेका छन् ।

युभेन्ट्समा रोनाल्डो दोस्रोपटक सिरिए लिग च्याम्पियन बन्दा सर्वाधिक गोलकर्ता बनेका थिए । यद्यपि, उनको चार फरक युरोपियन क्लबबाट च्याम्पियन्स लिग उपाधि जित्ने सपना पूरा हुन सकेन । गत वर्ष युभेन्ट्स नकआउट चरणबाटै बाहिरिएको थियो । रोनाल्डोले यसै साता मात्र गोल्डेन फुट जितेका छन् ।

मेसी तेस्रो स्थानमा
गत सिजनमा कुनै पनि उपाधि जित्न नसकेका फुटलबर मेसी सार्वाधिक आम्दानी गर्नेको तेस्रो स्थानमा छन् । अर्जेन्टिनी तथा बार्सलोनाका कप्तान मेसीले विज्ञापनबाट ३२ मिलियन डलर तथा पारिश्रमिकबाट ७२ मिलियन डलर कमाएका छन् । मेसीको कुल आम्दानी एक सय चार मिलियन डलर रहेको छ । गत बर्ष मेसी सर्वाधिक कमाई गर्ने खेलाडी बनेका थिए ।
सन् २०१९ मा मेसीले एक सय २७ मिलियन डलर कमाएका थिए । यस बर्ष उनको आम्दानी घटेको छ । च्याम्पियन्स लिगमा बायर्नसँग बार्सिलोनाले आठ गोलअन्तरले पराजित भएपछि मेसी निकै निराश बनेका थिए । यो वर्ष मेसीको मैदानमा भन्दा बाहिर चर्चा बढी रह्यो । 

ब्राजिल तथा फ्रेन्च क्लब पिएसजीका खेलाडी नेमार ९५.५ मिलियन डलरका साथ चौथो स्थानमा छन् । उनले विज्ञापनबाट २५ मिलियन र पारिश्रमिकबाट ७०.५ मिलियन डलर आर्जन गरे । नेमारको आम्दानी बढ्नुको कारण थियो, योपटक पिएसजी पहिलोपटक च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नु नै थियो । तर पिएसजी फाइनलमा जर्मन क्लब बायर्नसँग पराजित भयो । 

अमेरिकन बास्केटबल खेलाडी लिब्रोन जेम्स पाँचौँ स्थानमा छन् । उनले सन् २०२० मा ८८.२ मिलियन डलर कमाए । यसैगरी छैटाँे स्थानमा रहेका अमेरिकाकै स्टेफेन क्युरीले ७४.४ मिलियन डलर आर्जन गरे । उनी बास्केटबल खेलाडी हुन् अमेरिकन बास्केटबल खेलाडी केभिन डरान्ट सातौँ स्थानमा छन् । 

उनले ६३.९ मिलियन डलर आर्जन गरे । आठौैँ स्थानमा विश्व गल्फका चर्चित खेलाडी टाइगर उड रहेका छन् । उनी पनि अमेरिकाका हुन् । टाइगर उडले सन् २०२० मा विज्ञापनबाट ६० मिलियन तथा पारिश्रमिकका रूपमा २.३ मिलियन डलर आर्जन गरे । 

सर्वाधिक कमाउने खेलाडी
खेलाडी                        खेल          रकम(मिलियन डलरमा)
रोजर फेडेरर                टेनिस              १०६
क्रिस्टियानो रोनाल्डो       फुटबल            १०५
लियोनल मेसी               फुटबल            १०४    
नेमार                          फुटबल            ९५.५
लेब्रोन जेम्स                  बास्केटबल        ८८.२
स्टेफेन क्युरी                 बास्केटबल        ७४.४
केभिन डुरान्ट               बास्केटबल        ६३.९
टाइगर उड                  गल्फ                ६२.३
किर्क कोउसिन            अमेरिकन सकर    ६०.५
कार्सन वेन्टज             अमेरिकन सकर    ५९.१

–एजेन्सीको सहयोगमा
 

ad
ad