१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी
२o८१ जेठ १ मंगलबार १४:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ

‘आठ वर्षपछि चीनको अर्थव्यवस्था विश्वकै सबैभन्दा ठूलो’

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:o२:oo

एक अर्थविज्ञले सन् २०२८ सम्ममा चीनको अर्थव्यवस्था विश्वकै सबैभन्दा ठूलो हुने घोषणा गरेका छन् । उनका अनुसार आठ वर्षपछि अमेरिकालाई पछि पार्दै चीन विश्वकै शक्तिशाली अर्थव्यवस्था भएको मुलुक हुनेछ ।

कारोना महामारीका कारण दुवै देशको अर्थव्यवस्था कमजोर भए पनि चीनले आफ्नो अर्थव्यवस्थालाई चाँडै नै उद्धार गरेका कारण अनुमान गरिएको भन्दा पाँच वर्षअघि नै चीनले अमेरिकालाई पछि पार्दै छ । यसअघि सन् २०३३ मा अमेरिकाको अर्थव्यवस्थाभन्दा चीनको अर्थव्यवस्था बलियो हुने अनुमान गरिएको थियो ।  

सेन्टर फर इकोनाेमिक्स एन्ड बिजनेस रिसर्च (सिइबिआर)द्वारा सार्वजनिक गरिएको अध्ययन रिर्पोटमा ती विज्ञले यस्तो घोषणा गरेका छन् । रिपाेर्टमा भनिएको छ, ‘पछिल्लो केही समययता विश्व कै अर्थव्यवस्था सुस्त र संघर्षशील बन्दै आएको थियो । यहीवेला कोरोना महामारी सुरु भयो । जसले चीनलाई फाइदा हुँदै छ ।’

सिइबिआरका अनुसार चीन महामारीविरुद्ध लड्न सफल भयो । चाँडै नै कडा खालको लकडाउन गरेर आफ्नो अर्थव्यवस्थालाई धेरै क्षति हुन दिएन । जसका कारण दीर्घकालीन नोक्सानी कम भयो । तर, अमेरिकासहित पश्चिमा देशहरूले लकडाउनलाई प्रभावकारी बनाएनन् । जसले अर्थव्यवस्थामा दीर्घकालीन नोक्सानी हुँदै छ । 

चीनको औसत वार्षिक आर्थिक वृद्धिदर सन् २०२१ देखि २०२५ सम्ममा ५.७ प्रतिशत हुने र सन् २०२६ देखि २०३० सम्म ४.५ प्रतिशत रहने विज्ञहरूको अनुमान छ । तर, अमेरिका सन् २०२१ मा महामारीको संकटबाट बाहिरिए पनि सन् २०२२ र २०२४ को बीचमा उसको आर्थिक वृद्धिदर १.९ प्रतिशत मात्रै हुने अनुमान छ । यसपछि पनि १.६ प्रतिशत वृद्धिदरमा खुम्चने विज्ञहरूको भनाइ छ । 

सन् २०३० को दशकमा जापानको अर्थव्यवस्था तेस्रो स्थानमा हुनेछ । यसपछि भारतीय अर्थव्यवस्था चौथो स्थानमा र जर्मनी पाँचौँ स्थानमा रहने अनुमान छ । सिइबिआरका अनुसार सन् २०२४ सम्म बेलायतको अर्थव्यवस्था विश्वमा पाँचाैँ स्थानमा रहे पनि त्यसपछि छैटौँ स्थानमा हुनेछ । 

ad
ad