नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
नेकपाको यो समूहले २९७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।
नेकपाका अध्यक्षद्वय प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताले निर्वाचन आयोग गएर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएका हुन् ।
शुक्रबार प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरू प्रचण्ड, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू, प्रतिनिधिसभाका सांसदहरू, राष्ट्रिय सभाका सांसदहरू र केन्द्रीय सदस्यहरूलगायतका नेता–कार्यकर्ताहरू उपस्थित भएर संसद् विघटनविरुद्धमा आन्दोलन सुरु गरेका छन् ।