मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ पौष ९ बिहीबार ०८:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सुर्खेतमा थप एक कोरोना संक्रमितको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ पौष ९ बिहीबार ०८:१०:००

सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचाररत सुर्खेत चिङाड गाउँपालिका–५  का ७३ वर्षीया महिलाको मृत्यु भएको हो । 

शरीर सुन्निएको र सास फेर्न गाह्रो भएको अवस्थामा ती महिला प्रदेश अस्पतालमा पुस ६ गते  भर्ना भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । ‘अस्पताल भर्ना भएपछि कोरोना परीक्षण गर्दा पजिटिभ देखिएको थियो,’ उनले भने, ‘आइसियूमा भर्ना गरिएकी महिलाको बुधबार राति ८ बजे मृत्यु भएको छ ।’

कर्णालीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत र नेपाली सेनाले शव व्यवस्थापन गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।