मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २३ आइतबार
  • Sunday, 07 March, 2021
सुत्केरी हुन अस्पताल आउनेको भिड लागेपछि बेड जोडेर राख्न थालिएको छ । तस्विर : एजेन्सी
एजेन्सी
२०७७ पौष ८ बुधबार २०:०३:००
Read Time : > 3 मिनेट
फिचर

फिलिपिन्समा लकडाउनको असर : बढ्दो गरिबी र अनिच्छुक गर्भाधान 

Read Time : > 3 मिनेट
एजेन्सी
२०७७ पौष ८ बुधबार २०:०३:००

रोभेली जाबाला फेरि गर्भवती छिन् । उनको यो १०औँ सन्तान हुनेछ । आफ्नो नौवटै सन्तान सँगै छन् । ‘कार्ल, जेबेल, ज्वेस...’ रोभेली नानीहरूको नाम बताउँछिन् । आमाले नाम बिगारेपछि नजिकै रहेका ६ वर्षका छोराले अचम्म मात्रै हेर्छन् । छोरालाई हेर्दै रोभेली भन्छिन्, ‘माफ गर्नुहोस्, उसको नामचाहिँ चार्ली हो ।’

रोभेलीले परिवार नियोजनको साधनबारे थाहा पाउँदा नै उनको सातजना सन्तान भइसकेका थिए । पछिल्लो अर्थात् हुनेवाला दशौँ सन्तान भने कोरोना भाइरस (कोभिड–१९) महामारी र त्यसपछि जारी लकडाउनको नतिजा हो । 

कोरोना भाइरस महामारी सुरु भएपछि फिलिपिन्सले निकै कडा खालको लकडाउनको घोषणा गरेको थियो । जहाँ सेनाले गस्ती गरेको थियो । ठाउँठाउँमा प्रहरी परिचालन भएका थिए । एउटा परिवारबाट एकजनालाई मात्रै खानेकुरा किन्न बजार आउन दिइएको थियो । लकडाउन यस्तो बनिदियो कि धेरै महिलाले गर्भ रोक्ने सुविधासम्म पाएनन । त्यसको नतिजा रोभेलीले जस्तै धेरै महिला अनिच्छुक गर्भ बोक्न बाध्य भए ।

संयुक्त राष्ट्र संघ जनसंख्या कोष र फिलिपिन्स जनसंख्या विश्वविद्यालयको अनुसन्धानका अनुसार फिलिपिन्समा लकडाउनको समयमा बसेको अनिच्छुक गर्भबाट मात्रै यो वर्ष दुई लाख १४ हजार शिशु जन्मँदै छन् । यसको बोझ सहरका अस्पतालहरूमा पनि पर्नेछ, जहाँको अस्पतालले नियमित रूपमा १७ लाख नानीहरूलाई सहज जन्मका लागि सहयोग गर्दै आइरहेका हुन्छन् । 

अनिच्छुक गर्भको समस्या त्यस्तो परिवारमा बढी देखिएको छ, जुन परिवार आर्थिक रूपमा कमजोर छन् । यसले गर्दा पनि ती परिवारका लागि अनिच्छुक गर्भाधानको समस्या अझ ठूलो बोझ बन्नेछ । 

धेरै जनसंख्या, थोरै अवसर
फिलिपिन्सको राजधानी मनिला विश्वकै व्यस्तमध्येको सहर हो । मनिला बेदेखि सेरा माड्री माउन्टेन रेन्जसम्म एक करोड ३० लाखले जागिर खान्छन् । सन् ०१५ को एउटा तथ्यांकअनुसार मनिलाको प्रति स्क्वायर किलोमिटरमा ७० हजार मानिस बस्छन् ।

अर्काे तथ्य के हो भने गरिबहरू यस्तै ठूलो जनघनत्व भएको ठाउँमा बस्छन्, जहाँ फोहोरमा फालिएको खानेकुरा खाएर उनीहरूले जीवन जिएका हुन्छन् । केही विज्ञहरू यही गरिबीले पनि देशको ठूलो अन्तरको जन्मदरलाई मद्दत गरेको तर्क गर्छन् । 

अनुसन्धानमा प्रत्येक आमाबाट दुई मात्रै सन्तान जन्मिएको अवस्थामा देशको विकासमा ठूलो मद्दत पुग्ने उल्लेख छ । गरिबी पनि कम हुने गर्दछ । थोरै जनसंख्या हुँदा राष्ट्रिय बजेट पनि सबैका लागि हुनेछ । यसले सबैले दिगो खालका स्रोतहरू पाउने गर्छन् भने जीवनमा सबैका लागि धेरै अवसर हुनेछन् । 
यो तथ्य फिलिपिन्स सरकारलाई पनि थाहा छ । त्यसैले उसले सन् १९६० देखि देशको जन्मदरलाई घटाउने प्रयास पनि गरिरहेको छ । यद्यपि, उसमा थोरै मात्रै सफलता मिलेको छ । उसले चाहेको सफलता अझै प्राप्त हुन सकेको छैन ।
उनीहरूले यो प्रतिस्पर्धामा अर्काे दक्षिणपूर्वी देश थाइल्यान्डभन्दा अझै धेरैले पछि परेको छ । संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार यो बुद्धिष्ट राष्ट्रले सन् १९६० मा रहेको प्रतिआमा ५.८ जना नानीको जन्मदरबाट सन् ०२० मा १.५ प्रतिशतमा झारेको छ । उसको गरिबीको दर १० प्रतिशत रहेको छ भने फिलिपिन्सको १७ प्रतिशत रहेको छ । 

बच्चा जन्माउने फ्याक्ट्री
फाबेल्ला मेमोरियल मेडिकल हस्पिटलका कर्मचारीहरू साँच्चिकै व्यस्त रहन्थे । सन् ०१२ तिर उनीहरूले दिनमै एक सय २० जनासम्म शिशुलाई जन्मन सहयोग गरेका छन् । यो अस्पताल साँच्चिकै बच्चा जन्माउने फ्याक्ट्रीजस्तै थियो ।

देशमा परिवार नियोजनबारे पर्याप्त शिक्षा दिने र त्यसको साधन देशैभरि सर्वसुलभ बनाइएपछि भने यो संख्यामा निक्कै कमी आएको हो । यससम्बन्धी कानुन सन् ०१२ मै पारित भएको हो । त्यसपछि कोरोना भाइरस महामारीको कारण जारी लकडाउनको समयमा फेरि अवस्था पुरानैजस्तो देखिएको छ ।

शिशु जन्माउनका लागि अस्पताल पुग्नेहरूको भिड बढ्न थालेको छ । अस्पतालका बेड भरिएर शिशु जन्माउन आउनेहरूको भिड थाम्नै मुस्किल देखिएको छ । ‘अहिले तपाईंहरूले दुई बेडमा तीन वा चारजना मात्रै गर्भवती महिलालाई राखिएको देख्नुभएको छ,’ अस्पतालका डा. डिएना काजिपे भन्छन्, ‘दुर्भाग्य नै भन्नुपर्छ कि हामीसँग अहिले खाली ठाउँ नै छैन । अझै यस्ता धेरै बिरामी आउनेछन् । हामी अहिले नै हाम्रो क्षमताभन्दा बढी भइसकेका छौँ । केही दिनमा एउटै बेडमा ६ देखि सातजनासम्मलाई सँगै राखेर उपचार गर्नुपर्ने हुन सक्छ ।’

पहिलो चिन्ता
रोभेलीलाई धेरै कुरा थाहा छैन, तर आफूले भोगिरहेको गरिबीबारे जानकार छिन् । उनी टोन्डोमा बस्छिन्, जुन विश्वकै सबैभन्दा बढी जनघनत्व भएकोमध्येको ठाउँ हो । उनलाई क्याथोलिक चर्चबारे पनि थाहा छ । चर्चले गर्भनिरोधक औषधि र उपाय तथा गर्भपतन गराउने प्रविधिबारे पढाएको पनि उनलाई थाहा छ । ‘गर्भ बसेको मात्रै एक महिना हुँदा मैले मेरो जोडीलाई भनेकी थिएँ कि म यो बच्चा फाल्न चाहन्छु । जीवन निकै कठिन भइसकेको छ,’ उनी भन्छिन्, ‘तर, उनले मानेनन् । उनले हामी यो अवस्थालाई सम्हाल्न सक्छौँ भने । त्यसैले मैले यो सन्तानलाई फाल्ने पाप गरिनँ । अहिले त हामी छुट्टिएको पनि तीन महिना भइसकेको छ ।’

अहिले रोभेलीको चिन्ता भनेकै आफ्नो सन्तानको भविष्य हो, जुन साँच्चिकै अन्धकारमा छ । कोरोना महामारीको असर अझै सकिएको छैन । यही महामारीका कारण फिलिपिन्सको अर्थतन्त्र पनि ध्वस्तप्रायः बनेको छ । धेरैको जागिर गुमेको छ । अझै जागिर पाउने सम्भावना छैन । ‘मेरा लागि यो नै पहिलो चिन्ताको विषय हो । यिनीहरूलाई पढाउन पाए हुन्थ्यो भन्ने लाग्छ,’ रोभेली भन्छिन्, ‘कहिलेकाहीँ रिस उठ्दा म नियन्त्रण गुमाउँछु । उनीहरूलाई पनि भन्छु कि कुनै धनी मान्छेलाई दिन पाए पढ्न त पाउँथे कि । तर, फेरि आफँै त्यसको व्यवस्था गर्न सक्छु कि भनेर चित्त बुझाउँछु ।’