कोरोनाका कारण सुर्खेतमा थप एकको मृत्यु

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण सुर्खेतमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको  जनस्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । 

काेराेनासँगै कडा निमोनिया र दीर्घ श्वास–प्रश्वासको समस्या बढेपछि  ती पुरुषलाई मंसिर २३ गते अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो । 

मृतक पुरुषको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको प्रमुख कँडेलले बताए । योसँगै कोरोनाका कारण सुर्खेतमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । 

सुझावित समाचार