मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष ७ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ पौष ७ मंगलबार o९:२५:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हामीले प्रयोग गरिरहेका मास्क कति प्रभावकारी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ पौष ७ मंगलबार o९:२५:oo

विश्व बजारमा हाल करिब एक लाखभन्दा बढी किसिमका फेस मास्क उपलब्ध छन् । कोरोना महामारी फैलिएपछि मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बाध्यतासँगै मास्कले बजार पाएको छ । बजारमा सिल्क, कटन र सिन्थेटिक्सका मास्कहरू उपलब्ध छन्, जसमा फिल्टर भएका र नभएका, कानमा झुन्ड्याउने वा टाउकोमा बाँध्ने गरी फरकफरक किमिममा पाइन्छन् ।

सामान्यतः हावामा भएका भाइरस मुख वा नाकसम्म सम्पर्कमा आउनबाट बचाउन महामारी अवधिभरि फेस मास्कको प्रयोग अनिवार्य गरिएको छ । फेस मास्क मात्र नियमित प्रयोग गर्दा कोभिड संक्रमणबाट केही हदसम्म बच्न सकिने विभिन्न अध्ययनले देखाएको छ । तर, हामीले प्रयोगमा ल्याइरहेका सबै किसिमका मास्क कोरोना भाइरस संक्रमणबाट बच्न प्रभावकारी नहुन पनि सक्छन् । 

सामान्यतः फिल्टर भएको मास्क संक्रमणबाट बच्न प्रभावकारी मानिँदै आएको छ, तर हालसम्म कस्तो फिल्टर प्रयोग गर्ने अर्थात् फिल्टरको मापदण्ड के हुन्छ भन्ने कुनै यकिन मापदण्ड तयार गरिएको भने पाइँदैन ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले भने सुरक्षित मास्कको मापदण्डबारे अध्ययन गरिरहेको बताएको छ । योसँगै सुरक्षित मास्कको मापदण्ड अर्को महिनासम्म निश्चित गर्नेसमेत बताइएको छ । मास्कको सुरक्षाको स्तरबारे जानकारी लिन सकेमा आममानिसमा मास्कको छनोट गर्न सहज हुने अनुमान गरिएको छ । 

कोरोना महामारीको सुरुवातदेखि नै फेस मास्कको प्रयोग अनिवार्य गरिए पनि कुन मास्क प्रभावकारी भन्नेमा मानिसमा अझैसम्म देखियो भ्रम

चिकित्सकहरूले कोरोना महामारीको सुरुवातदेखि नै फेस मास्कको प्रयोग अनिवार्य गरिए पनि कुन मास्क प्रभावकारी भन्नेमा मानिसमा अझैसम्म भ्रम देखिन्छ । केही अध्ययनले सर्जिकल मास्क संक्रमणका लागि सुरक्षित हुने भनिए पनि सर्जिकल मास्क पनि फरक किसिमले उपलब्ध हुनुले थप अन्योल देखिएको छ ।

अध्ययनकर्ताहरूले सामान्यतः मुख छोप्नुभन्दा भाइरसलाई रोक्न सक्ने फिल्टर पनि मास्कमा आवश्यक ठान्छन् । एफडिए र सिडिसीले सर्जिकल मास्क र एन९५ लाई सुरक्षित मान्छन््, जुन संक्रमणविरुद्ध आधार निर्माण गरेर बनाइएका हुन्छन् । तर, आममानिसले प्रयोगमा ल्याउने कपडाका विभिन्न मास्कको प्रभावकारिताबारे कुनै निरीक्षण हुँदैन । 

बजारमा जस्तोसुकै मास्क बिक्रीवितरणका लागि छुट गरिएको छ । गत अप्रिलमा आपत्कालीन अवस्थाका लागि बजारमा मास्कको अभाव हुँदा एफडिएले जुनसुकै उत्पादन कम्पनीले पनि बजारमा मास्क बिक्रीवितरण गर्न सक्ने मान्यता दिएको थियो ।

हाल बजारमा सयौँ किसिमका मास्क उपलब्ध हुनु र संक्रमणबाट बच्न प्रमुख विकल्पका रूपमा रहेको मास्कको प्रभावकारिताबारे बेवास्ता गरिनुले विज्ञहरूले एफडिएलाई दोष दिन थालेका छन् । नेसनल सेन्टर अफ हेल्थ रिसर्चकी प्रमुख डा. डायना जुकरम्यान भन्छिन्, ‘खासगरी कुन मास्कले संक्रमण नियन्त्रणका लागि कति काम गर्छ भन्नेमा अनुसन्धान भइसकेपछि एफडिएले यसबारे निश्चित मापदण्ड निर्माण गर्नुपर्ने हो । 
एजेन्सीको सहयोगमा