१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १९ बुधबार o८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अझै नियमित भएन तातोपानी नाका

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३९:oo

महाभूकम्प गएपछि करिब चार वर्ष बन्द भएर गत १५ जेठ ०७६ बाट खुलेको तातोपानी नाका अझै राम्ररी सञ्चालनमा आउन सकेको छैन । सो नाकाबाट एकपटकमा बढीमा ६ वटा मात्रै कन्टेनर आउने गरेको व्यवसायीहरूले बताएका छन् । व्यवसायीका अनुसार सो परिमाणको कन्टेनर पनि दिनहुँ आउँदैन ।

कोरोना महामारीको बहानामा चिनियाँ अधिकारीले निर्यात र मानिस आउजाउलाई पूर्ण प्रतिबन्ध लगाएका छन् । चिनियाँ नाकाबाट कन्टेनर आउने नेपाली भन्सार कार्यालयले अन्तिम समयमा मात्रै जानकारी पाउँछ । त्यसपछि भन्सारले नेपाली ट्रान्सपोर्ट व्यवसायीलाई जानकारी गराउँछ । हाल नाकामा सक्रिय सिल्क ट्रान्सपोर्टले चिनियाँ टेलरलाई नेपाली क्षेत्रको सुक्खा बन्दरगाहसम्म ल्याउने गरेको छ । विनासिल ४० फुट लामो चिनियाँ टेलरलाई सुक्खा बन्दरगाह लार्चासम्म ल्याउने गरिएको हो । 

सुक्खा बन्दरगाहबाट नेपाल–चीन सीमा मितेरीपुल तीन किलोमिटर टाढा छ । नाकाबाट सुक्खा बन्दरगाहसम्म चिनियाँ टेलर खुला रूपमा ल्याइन्छ । नाका पास हुँदा के–के सामग्री आयात भएको समेत कसैलाई थाहा हुँदैन । भन्सारका कर्मचारी र सिल्क ट्रान्सपोर्टका चालकबाहेक नाकामा कोही बस्दैनन् ।

अहिले चीन क्षेत्रको मुसा ट्रान्सपोर्ट र नेपालको सिल्कले सामग्री ढुवानी गरिरहेका छन् । ०५८ सालमा स्थापना गरिएको नेपाल ट्रक कन्टेनर संघ र मिनिट्रक कन्टेनर संघले भूकम्पअघिसम्म तातोपानी नाकाबाट ढुवानी गर्थे । नेपाल ट्रक कन्टेनर संघमा ९ सय ६६ र मिनिट्रक संघमा ४ सय कन्टेनर आबद्ध थिए ।

भूकम्पअघि दैनिक २ सयसम्म कन्टेनरले सामान ढुवानी गर्ने भएकाले सातामा एकपटक खासा जाने पालो आउँथ्यो । त्यतिवेला खासा–काठमाडौं भाडा डेढ लाखसम्म चल्यो । आकर्षक आम्दानी हुने भएकाले सीमा क्षेत्रका अधिकांशले कन्टेनरमा लगानी बढाए । भूकम्पअघि तातोपानी नाकामा १४ सय कन्टेनरले काम पाएका थिए ।  

ad
ad