१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ६ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष ६ सोमबार १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र रचेपछि विघटनको कदम नचाली सुखै पाइनँ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ६ सोमबार १३:३३:oo

प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग तयारी भएको स्पष्ट देखेपछि बाध्य भएर संसद् विघटनको कदम चालेको जनाएका छन् । आफूनिकटका विघटित सांसदहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । 

ओलीले सरकारलाई राम्रोसँग काम गर्न नदिएको, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेको देखिएपछि संसद् विघटनको निर्णय गर्नुपरेको बताएकाे निवर्तमान सांसद निरुदेवी पालले बताइन् । 

उनले भनिन्, ‘सरकारलाई काम गर्न नदिने, विश्वभर कम्युनिस्ट आन्दोलन ओरालो लागेको वेला नेपालमा भने जुटाएर ठूलो पार्टी बनाएको अवस्थामा पनि सरकारलाई काम गर्न नदिने, एकताको काम पनि अगाडि बढाउन सकिएन । सरकारले जसरी काम गर्नुपर्थ्याे त्यसरी काम गर्न दिइएन । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने कुराले बाध्य भएर संसद् विघटन गराउनुपरेको कुरा प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ ।’

प्रधानमन्त्री ओलीले संसद् विघटनको कारणसहित जनतासँग क्षमायाचना गर्दै मत माग्न जानुपर्ने बताएको उनले बताइन् । 

ओलीको भनाइ उद्धृत  गर्दै पालले भनिन्, ‘नयाँ जनादेशका लागि फेरि हामी जनतामा जानुपर्छ । संसद् विघटनको कारणसहित जनतामा जानेछौँ । जनतासँग क्षमायाचना गर्नेछौँ । राष्ट्रिय एकताको सवालमा प्रधानमन्त्रीले लिएको कदम, कालापानी, लिपुलेकलाई नेपालको नक्सामा सामेल गर्ने र सर्वसम्मत् संविधान संशोधन गरेबापत प्रधानमन्त्रीलाई चुनौती आएको हो । देशलाई समृद्ध बनाउन प्रधानमन्त्रीले गरेको काम लिएर जनादेशमा जान निर्देशन गर्नुभयो ।’

छलफलमा प्रधानमन्त्री केपी ओली, महासचिव विष्णु पौडेल, र स्थायी कमिटी सदस्य लेखराज भट्टले पनि सम्बोधन गरेका थिए । 

भट्ट पूर्वमाओवादी समूहका नेता हुन् । पूर्वमाओवादी समूहका मन्त्रीहरूले राजीनामा दिएको भए पनि उद्योगमन्त्री रहेका भट्टले राजीनामा दिएका छैनन् । 

सांसद पालले प्रचण्ड–माधव समूहले पुस ७ गते बोलाएको केन्द्रीय कमिटी बैठकमा ओली पक्ष नजाने र ओलीले छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने बताइन् ।