मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ३ शुक्रबार
  • Wednesday, 18 December, 2024
रासस/सिन्ह्वा
२o७७ पौष ३ शुक्रबार १३:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियाकाे कितसिनाबाट अपहरणमा परेका ३४४ विद्यार्थी मुक्त

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o७७ पौष ३ शुक्रबार १३:२२:oo

नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ताअघि बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका तीन सय ४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले जानकारी दिएका छन् । 

अपहरणमुक्त भएका प्रायः विद्यार्थी छात्र भएको मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताएका छन् । हाल ती विद्यार्थी कितसिना राज्यतर्फ फर्किँदै छन् । उनीहरूको स्वास्थ्य उपचार गराई परिवारको जिम्मा लगाइने मासारीले बताए ।  

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए । 

स्थानीय सञ्चारमाध्यमका अनुसार ती विद्यार्थीलाई छिमेकी राज्यको एक विशाल जंगलमा लगिएको थियो । बन्दुकधारीले गरेको सो हमलामा तीन सय ४४ जना बालबालिका हराएका थिए ।

बोकोहराम नामक आतंककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरू आफूसँगै रहेका बताएको थियो ।     
    
सो राज्यका गभर्नर मासारीले बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताए । 

बोकोहराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका तीन सय ४४ जना बालबालिका आफूहरूसँग रहेको बताएका थिए ।

सो विद्यालयमा आठ सय ३९ जना विद्यार्थी अध्ययनरत छन्। नाइजेरियाको बोकोहरामले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् । 

तस्बिर : बिबिसी डटकमबाट