मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १६:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झलनाथ खनाल भन्छन्– अध्यादेश आपत्तिजनक, नेकपालाई स्वीकार्य छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १६:२५:००

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आपत्तिजनक भएको बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठक जारी रहेको वेलामा पार्टीलाई थाहै नदिई अध्यादेश जारी भएको भन्दै खनालले जारी अध्यादेश नेकपालाई स्वीकार्य नभएको बताए । 

नयाँ पत्रिकासँग कुरा गर्दै खनालले अध्यादेश आवश्यक नरहेको भन्दै तत्काल फिर्ता लिन माग गरे । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको एकलौटी निर्णयले पार्टीलाई ठूलो क्षति गर्ने उनको भनाइ छ ।