१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख ३१ सोमबार १६:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अरुण तेस्रोमा आज पनि मजदुरकाे आन्दोलन जारी, काम अवरुद्ध

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:o४:oo

संखुवासभा जिल्लामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुरहरू आन्दोलित हुँदा मंगलबार दोस्रो दिन पनि काम अवरुद्ध भएको छ । 

ज्याला बढाउनपर्ने माग राख्दै सोमबार बिहानैदेखि सुरु भएको आन्दोलन मंगलबार दोस्रो दिन पनि जारी रहेको जनाइएको छ । 

संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाको ड्यामसाइट रहेको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा मजदुरहरूले काम अवरुद्ध पारेका हुन् । 

सोमबार बिहानैदेखि मजदुरहरू प्लेकार्डसहित नाराबाजी गर्दै अरुण–३ को निर्माणस्थल घेराउ गरेका हुन् । 

भौतिक पूर्वाधार कार्यालयले निर्धारण गरेको दररेटअनुसार मजदुरहरूले ज्याला पाउनुपर्ने माग राख्दै काम अवरुद्ध पारेका हुन् ।

कम्पनीले जिल्ला दररेटअनुसार, दक्ष मजदुरले ९ सय ४० रुपैयाँ, अर्धदक्षले ७ सय ७५ रुपैयाँ र ज्यामीले ६ सय ५० रुपैयाँलगायत थुप्रै मागहरू राख्दै आएका छन् ।

८ घन्टा ड्युटी भए पनि १२ घन्टासम्म दिन र रातमा काम गरिरहेको हुँदा ओभरटाइमको पैसा दिनुपर्ने, मजदुरहरूलाई हरेक महिनाको १५ तारिखभित्र तलबभत्ता बैंक खातामा जम्मा हुनुपर्ने, साप्ताहिक, पाक्षिक र मासिक रूपमा पाउने बिदा दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने र विनाकारण मजदुरलाई कामबाट निकाल्ने कार्य बन्द गर्नुपर्नेलगायतका नाैबुँदे माग अगाडि सारेका हुन् । 

जिल्ला दररेटअनुसार तलबभत्ता नपाएको कारणले आन्दोलन गर्नुपरेको जेपी कम्पनीमा कार्यरत अपसर राईले बताए । 

जेपी कम्पनीमा कार्यरत घनश्याम कार्कीको नेतृत्वमा सात सदस्यीय वार्ता टोलीसमेत गठन गरेका छन् । 

यसअघि पनि मजदुरहरूले ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो । तर, नौ महिना बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरहरूलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेका भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुरहरूको भनाइ छ ।

सोमबार दुवै पक्ष छलफल भए पनि सहमतिमा पुग्न सकेन । आज (मंगलबार) मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल र स्थानीय प्रशासन र कम्पनीका प्रतिनिधिहरू बसेर छलफल गर्ने तयारी भएको जनाएको छ । सहमति कार्यान्वयन नभएसम्म काम सुचारु नहुनेसमेत कामदारहरूको भनाइ छ ।

उक्त अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका ड्यामसाइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्ट्रक्सनले जिम्मा लिएर गरिरहेको छ ।

ad
ad