मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १९ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १९ शुक्रबार १६:५o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप १६ जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १९ शुक्रबार १६:५o:oo

नेपालमा पछिल्लो २४ घन्टामा थप १६ जनाकाे कोरोना संक्रमणबाट निधन भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय ६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। 

आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार चार सय ४७ रहेको मन्त्रालयले जनाएको छ।