१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मेलम्ची उद्घाटन गर्न किसुनजीलाई खोज्न जाने त ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o२:o५:oo

कृष्णकुमार श्रेष्ठ, सांसद, तनहुँ– १

यो ठूलो विषय नै होइन, यसलाई ठूलो विषय बनाइएको हो । अहिले जसरी कृष्णकुमार श्रेष्ठले उद्घाटन गर्न चाहेका थिए, रामचन्द्र पौडेलले गरेर अवरोध भयो भन्ने जुन कुरा आएको छ, यो सरासर झुटो हो । म त्यो पुल उद्घाटन गर्न लालायित थिइनँ, छैन । मेरो कुरा के मात्र हो भने जुन सरकारी निकायले पुल निर्माण गऱ्याे, उसको स्वीकृति नै नलिई कसरी पुल उद्घाटन हुन्छ भन्ने मात्रै मेरो प्रश्न हो ।

पुलको उद्घाटन त म पनि रामचन्द्र पौडेलबाटै गराउन सक्थेँ । त्यसमा कुनै समस्या नै छैन । तर, उहाँले अहिले जसरी मैले प्रजातन्त्र ल्याएको, मैले संविधान बनाएको, मैले लोकतन्त्र ल्याएको भनेर घमण्ड गर्नुभएको छ, त्यसको विरुद्धमा मात्रै मेरो भनाइ हो । बजेट जसको पालामा हालेको भए पनि उद्घाटन त जसको सरकार छ, उसले नै गर्छ होला नि !

मेलम्ची खानेपानी आयोजनामा बजेट त किसुनजीले छुट्याएर थाल्नुभएको हो, तर अब उद्घाटन गर्ने वेला आउँदै छ, अब के हामी किसुनजीलाई खोज्न जाने हो त ? जसको सरकार छ, उसैले गर्ने होला नि त !
 

ad
ad