१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मन्त्रीबाट पुरस्कार लिँदै कृषक ।तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कृषकलाई प्रोत्साहन : गाउँपालिकाले दियो करोडको पुरस्कार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१o:oo

दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकाले चालू अर्थिक वर्षको बजेटमा कृषकलाई प्रोत्साहन गर्ने भन्दै पुरस्कार दिने नीति पारित गर्‍यो  । मुख्य गरेर धान, मकै र आलु उत्पादन गर्ने कृषकहरूका लागि प्रोत्साहन गर्ने नीतिअनुरूप उत्पादनको अधिकतम मापदण्ड तयार भयो ।

धान ४० मुरी कटाउने, मकै राख्ने थाङ्ग्रो (खाँबा हालेर मकै भण्डारणका लागि बनाइएको माच) २० फिट लम्बाइ र दुई फिट चौडा भएकोभन्दा बढी उत्पादन गर्ने कृषकलाई गाउँपालिकाले प्रतिकृषक एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गर्‍यो । 

गाउँपालिकामा यो अवधिसम्म त्यसरी पुरस्कार पाउने कृषक ८८ जना छन् । उनीहरूमध्ये ४० मुरीभन्दा बढी धान फलाउने कृषक मात्रै ४२ जना छन् । तोकिएको मापदण्डअनुसार मकै फलाउने कृषक ४६ जना छन् । धान र मकै दुवै तोकिएभन्दा बढी फलाउनेलाई दुवैतर्फको पुरस्कार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष अमर माखिमले जानकारी दिए । ‘यसो गर्दा एउटै कृषकले दुई लाखसम्म लिएका छन्,’ उनले भने । 

पुरस्कार पाउने कृषकमध्ये मिक्लाजुङ– ३ का बलबहादुर भण्डारी, मिक्लाजुङ– ५ का रामप्रसाद लावतीलगायत छन् । धेरै कृषकले एउटा बालीतर्फको पुरस्कार पाएका छन् । परम्परागत खेतीबाट तोकिएअनुसारको उत्पादन हुँदा पुरस्कार पाउने कृषक हर्षित देखिए । पुरस्कार पाउने कृषकलाई सोमबार गाउँपालिकाको केन्द्रमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्‍यो । 

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मौसमले कृषकलाई एक लाखबराबरको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै मन्त्री आङ्बोले यो कार्यक्रम कृषककेन्द्रित भएको बताए । 

चेक पाएपछि कृषक बलबहादुर भण्डारीले भने, ‘कृषि क्षेत्रमा लागेकोमा गुनासो छैन ।’ उनले धान र मकैतर्फको गरेर गाउँपालिकाबाट दुई लाख रुपैयाँ पुरस्कार जिते । कृषकलाई पुरस्कारस्वरूप दिइएको रकममा गाउँपालिकाले कर नकाटी रकम दिने भएकाले यो सिजनमा एक करोडभन्दा बढी रकम कृषकहरूले पाएको गाउँपालिकाले जनाएको छ । 

ad
ad