मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर १६ मंगलबार १६:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक सकियो : दुवै अध्यक्षको प्रस्तावबारे छलफल सुरु

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार १६:४६:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेका राजनीतिक प्रस्तावबारे छलफल भएको छ । 

मंगलबारको बैठकमा दुवै अध्यक्षले राखेको प्रस्तावबारे औपचारिक छलफल सुरु भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनले अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुँदै जाने बताए । 

बैठक भोलि बुधबार १ बजे पुनः बस्ने जनाइएको छ । 

पार्टीभित्र उत्पन्न भएको संकटको चुरो कारण र त्यसको समाधानका विषयमा गम्भीर छलफल गर्दै जाने र यसबारे औपचारिक र अनौपचारिक दुवै तहमा छलफलहरू हुने उनले बताए । 

प्रवक्ता श्रेष्ठले यही मंसिर १८ गते बस्ने स्थायी समिति बैठक पूर्वनिर्धारित तालिकाअनुसार बस्ने पनि बताए ।