१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ११ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर ११ बिहीबार १६:२८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेनाबाट थप २३ को निधन, १६ सय १४ जनामा संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर ११ बिहीबार १६:२८:oo

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक हजार चार १२ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई  लाख २७ हजार ६ सय ४० पुगेको मन्त्रालयले जनाएकाे छ । 

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार सात सय ९३ रहेको छ।

यो अवधिमा थप १४ सय ३७ जना संक्रमित काेराेनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या दुई  लाख नौ हजार चार सय ३५ पुगेको छ।