१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाली सेयर बजारमा हालसम्मकै उच्च कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:o४:oo

नेपाली सेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । साताको अन्तिम दिन सेयर कारोबार सूचक नेप्से परिसूचक तथा सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेका छन् ।

बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा धेरै हो । 

यसअघि ०७३ सालमा नेप्से परिसूचक १ हजार ८ सय ८१ सम्म पुगेको थियो ।त्यसयता लगातार ओरालो लागेको बजार ४ वर्षपछि पहिलेको रेकर्ड तोड्न सफल भएको हो । 

आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २ दशमलव ८५ अंकले बढेको छ ।

बिहीबार २०१ कम्पनीको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएकाे छ । जसबाट कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च कारोबार हो । 

यसअघि एकैदिन ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । 

ad
ad