
कोरोना संक्रमणका कारण कास्की र लमजुङमा गरी थप दुईजनाको निधन भएको छ ।
पोखरा– १३ का ६६ वर्षीय संक्रमितको बुधबार राति ९ बजेर ३० मिनेट जाँदा ज्यान गुमेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार उनमा यही ७ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमेको हो ।
त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका ७ का ८७ वर्षीय संक्रमितको पनि ज्यान गुमेको छ ।
उनको उपचारको क्रममा बिहान दुई बजेर ३० मिनेट जाँदा कास्की सेवा अस्पतालमा ज्यान गुमेको हो । ती वृद्धमा ९ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ४४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।