Skip This
काेराेना अपडेट :  १९ सय ४८ संक्रमित थपिए, ३१ सय ४० निको भए
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर १० बुधबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १० बुधबार १६:३९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना अपडेट :  १९ सय ४८ संक्रमित थपिए, ३१ सय ४० निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १० बुधबार १६:३९:oo

नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरमा एक हजार नौ सय ४८ जनामा कोरोना पुष्टि भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई  लाख २६ हजार २६ पुगेको छ । 

आज तीन हजार एक सय ४० जना संक्रमित कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म निको हुनेको संख्या दुई लाख सात हजार नौ सय ९८ पुगेको छ। 

आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ छ।