१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस/सिन्ह्वा
२o८१ जेठ १ मंगलबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

चीनको मध्यक्षेत्रमा कोभिड– १९ का नयाँ बिरामी देखिएनन्

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:५७:oo

चीनको मध्यक्षेत्रमा स्थानीय रूपमा प्रसारित कोरोना भाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।  आयोगद्वारा दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा  विदेशबाट आएका पाँचजनामा मात्रै कोरोना संक्रमण देखिएको उल्लेख छ । 

स्थानीय व्यक्तिमा संक्रमण भएका एक शंकास्पद व्यक्ति भित्री मंगोलियामा देखिएको आयोगले जनाएको छ । कुनै पनि व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु नभएको पनि आयोगको भनाइ छ । विदेशबाट आएर सांघाई, फुजियान, गुआङदोङ र साङ्सीमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएको थियो । 

मंगलबारसम्ममा चीनको मध्यक्षेत्रमा कुल तीन हजार आठ सय नौजनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये तीन हजार पाँच सय २३ जना डिस्चार्ज भइसकेका छन् भने दुई सय ८६ जना अस्पतालमा उपचार गराइरहेका छन् । आयोगका अनुसार विदेशबाट आएका संक्रमित कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । 
चीनको मध्यक्षेत्रमा हालसम्म ८६ हजार चार सय ६९ व्यक्ति कोरोनासबाट संक्रमित भएका थिए भने कुल चार हजार ६ सय ३४ जनाको मृत्यु भएको थियो । अझै पनि तीन सय पाँचजना उपचारका क्रममा छन् जसमध्ये ६ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । ‘मेनल्यान्ड चाइना’ भनेर चिनिने चीनको उहानसमेत मध्यक्षेत्रमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित स्थल हो । 

ad
ad