१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागढुंगामा ट्रकले किचेर एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२o:oo

काठमाडौंको नागढुंगामा ट्रकले किचेर एकजनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका– २ पिपलबोट मोडस्थित सडकमा ना.६ख ९७४८ नम्बरको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मंगलबार मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी नायब निरीक्षक जेजंग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस