मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ७ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ७ आइतबार १८:५८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराईदम्पती एक महिनापछि कोरोनामुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ७ आइतबार १८:५८:oo

पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोनामुक्त भएका छन् । डा. भट्टराईले कोरोनामुक्त भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

उनले भनेका छन्- एक महिनापछि कोभिड– १९ सँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय हाेइन । यो महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न, मानव जातिले संयुक्त रूपमा जित्नुपर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई  मुरीमुरी धन्यवाद ।