Skip This
सुरेन्द्र पाण्डेमाथिको सुनियोजित दुर्व्यवहार अतिनिन्दनीय एवं भर्त्सनायोग्य : नेकपा प्रवक्ता श्रेष्ठ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर ६ शनिबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ६ शनिबार २o:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरेन्द्र पाण्डेमाथिको सुनियोजित दुर्व्यवहार अतिनिन्दनीय एवं भर्त्सनायोग्य : नेकपा प्रवक्ता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ६ शनिबार २o:२१:oo

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा स्थायी कमिटी सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको दुर्व्यवहार अतिनिन्दनीय एवं भर्त्सनायोग्य रहेको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्- आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अतिनिन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस् ।

पाण्डेमाथि दुर्व्यवहारकाे प्रयास भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले वक्तव्य जारी गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

तत्कालीन एमालेको नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवारसमेत रहेका पाण्डे ईश्वर पोखरेलसँगको कडा प्रतिस्पर्धामा सात मतले पराजित भएका थिए ।