मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ६ शनिबार १५:५०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतको राजधानी नयाँदिल्लीमा एकैदिन एक सय १८ जना कोरोना संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ६ शनिबार १५:५०:००

भारतको राजधानी दिल्लीमा कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा एक सय १८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार एक सय ५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । 

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म संक्रमित भएकाहरूको कुल संख्या पाँच लाख १७ लाख दुई सय ३८ पुगेको छ । पछिल्लो २४ घन्टामा कुल संक्रमितको संख्या भने ६ हजार ६ सय आठ रहेको अधिकारीहरूले जानकारी दिएका छन् । 

कुल संक्रमितमध्ये अहिलेसम्म चार लाख ६८ हजार एक सय ४३ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये पछिल्लो २४ घन्टामा आठ हजार सात सय ७५ जना संक्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार नौ सय ३६ जना संक्रमित अवस्थामै छन् । 

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घन्टामा ६२ हजार चार सय २५ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएको छ । दिल्लीमा  केही समययता कोरोना भाइरस संक्रमण न्यून देखिए पनि पछिल्लो समयमा फेरि वृद्धि भएको छ । 

तीव्र रूपमा फैलिएको कोरोना भाइरस महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परीक्षणलाई पनि तीव्रता दिएको अधिकारीहरूले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका वेला मास्क नलगाउनेलाई दुई हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि पाँच सय रुपैयाँ मात्रै रहेको जरिवानालाई एकाएक वृद्धि गरेर दुई हजार बनाएको हो । 

त्यसबाहेक अन्य पनि धेरै प्रयास भइरहेको मुख्यमन्त्री अरविन्द केजरिवालले जानकारी दिएका छन् ।