१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ६ शनिबार १३:०८:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ६ शनिबार १३:०८:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका व्यक्तिगत प्रवक्ताले जेठो छोरा डोनाल्ड ट्रम्प जुनियरलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ‘कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरूको सिफारिसअनुसारका सबै मापदण्ड तथा नियम पालना गरेका छन्,’ ती प्रवक्ताले भने । संक्रमण पुष्टि भएसँगै उनी क्यारेन्टिनमै रहेको प्रवक्ताले जानकारी दिएका छन् ।  

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पूर्वसन्ध्यामा कोरोनाबाट संक्रमित भएका थिए । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरू केही सदस्यसमेत केही समयअघि कोरोनाबाट संक्रमित भएका थिए ।  

ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोय पनि संक्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्प जुनियर हालै दुई सय ५० भन्दा बढी अतिथि सहभागी भोजमा सहभागी भएका थिए । राष्ट्रपति कार्यालय ह्वाइटहाउसमै आयोजना गरिएको सो रात्रिभोजमा सहभागी लगभग सबले मास्क लगाएका थिएनन् ।