१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ मङ्सिर ४ बिहीबार १४:४६:००
Read Time : < 1 मिनेट
सप्तरंग

ओबामाको पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ एकैदिन आठ लाख ९० हजार बिक्यो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ४ बिहीबार १४:४६:००

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाको पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ले बिक्रीको नयाँ रेकर्ड बनाएको छ । अमेरिका र क्यानडाको बजारमा पुस्तक आएको २४ घन्टामा आठ लाख ९० हजार प्रति बिक्री भएको छ । यसअघि कुनै पनि राष्ट्रपतिको संस्मरण समावेश पुस्तक यो संख्यामा एकैदिन बिक्री भएको थिएन । अग्रिम बुकिङ, अडियो र अनलाइन बुकिङ गरेकाहरूलाई मात्रै पुस्तक बिक्री गरिएको थियो । 

पुस्तक प्रकाशन गरेको पेन्गुइन रेन्डम हाउसका लागि पनि यो नयाँ रेकर्ड हो । हाउसका प्रकाशक डेबिड ड्रेकले भने, ‘पहिलो दिनको बिक्रीबाट हामी खुसी छौँ । यो बिक्रीले पूर्वराष्ट्रपति ओबामालाई मन पराउने र उनको पुस्तक प्रतीक्षा गर्नेको संख्या पनि दर्शाउँछ ।’

ओबामाको संस्मरण समेटिएको ७६८ पेजको पुस्तकको मूल्य ४५ डलर छ । यस पुस्तकमा ओबामाले सन् २००८ को राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार अभियान, पहिलोपटक राष्ट्रपति बन्दाको अनुभवदेखि पाकिस्तानको एबटावादमा अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्युसम्मको संस्मरण समेटेका छन् । यस पुस्तकमा दुई भाग छ, जसमध्ये पहिलो भाग गत मंगलबार सार्वजनिक भएको थियो ।