१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं जिल्ला अदालतका न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:४४:oo

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाविरुद्ध कारबाही गरिपाउँ भन्दै न्यायपरिषदमा उजुरी दिएका छन् । न्यायाधीश निरौलाको एकल इजलासबाट सांघातिक आक्रमणमा संलग्न अभियुक्तलाई साधरण तारेखमा छुटेपछि उपप्राध्यापक चलाउनेले परिषदमा उजुरी दिएका हुन् । 

निरौलाको आदेशपछि गत आइतबार ज्यान मार्ने उद्योगका अभियुक्त  सिराहा असनपुर– ९ का २३ वर्षीय रुपेश साह, २४ वर्षीय रविकुमार लामा, काठमाडौं–३३ का २३ वर्षीय निरज रानामगर र झापा गाैरादह–५  का २३ वर्षीय सयुस भनिने सयुज श्रेष्ठ तारेखमा छुटेका थिए । 

अदालतका स्रेस्ते दार भीम निरौलाका अनुसार घटनामा संलग्न साह र लामा ५०–५० हजार धरौटीमा, रानामगर ३५ हजार र श्रेष्ठ ३० हजार रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भएका थिए । 

पुर्पक्षका लागि जेल जानुपर्ने अभियुक्त तारेखमा छुटेपछि उपप्राध्यापक चलाउनेले न्यायाधीश निरौलाविरुद्ध रामशाह पथस्थित न्यायपरिषद् कार्यालयमा उजुरी दिएका छन् । 

घटनामा संलग्न सबै अभियुक्तले ज्यान मार्ने उद्देश्यले सांघातिक हमला गरेको स्विकारेको मात्र नभई पर्याप्त प्रमाणसमेत पेस गर्दा अदालतले उचित कारबाही नगरेको जाहेरीपत्रमा उल्लेख छ । 

पत्रमा भनिएको छ, ‘न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासको थुनछेक बहसले अभियुक्त रुपेश साह र रविनकुमार लामाले ज्यान लिने उद्देश्यले हलमा गरेको अपराध स्वीकार गरिसकेको अवस्थामा पनि माननीय न्यायाधीशले अपराधीलाई उन्मुक्ति दिन सजिलो हुने गरी सारा तथ्य प्रमाण लत्याउँदै ज्यान मार्ने हेतुले गरिएको हमलालाई साधारण अपराधमा झारियो । जुन गलत उद्देश्यबाट प्रेरित रहेको मेरा बुझाइ छ ।’

चलाउनेमाथि गत २० असोजमा विश्वविद्यालयको प्रांगणमै सांघातिक हमला भएको थियो । हमलामा साह, लामा, रानामगर, श्रेष्ठ र ओझा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो । 

ad
ad