मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ९ शुक्रबार
  • Friday, 22 January, 2021
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार १०:२६:००
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार १०:२६:००

भारतमा ब्रिटिस सरकारको शासन थियो । अंग्रेजको अत्याचारले सर्वत्र आतंक फैलाएको थियो । स्वतन्त्रताका लागि संघर्षको जन्म भर्खरै भएको थियो । बच्चाबच्चामा स्वतन्त्रताको आगो भड्किएको थियो । भारतीय जनता स्वतन्त्रताका लागि बिस्तारै जुर्मुराउँदै थिए । त्यस वेला चिसो निकै फैलिएको थियो ।

एकपटक एउटा अंग्रेज पुलिस अफिसरले एउटा निर्दोष भारतीयसँग अभद्र व्यवहार गरिरहेको थियो । ती भारतीयले जतिसुकै आफ्नो बचाउको प्रयास गरे पनि त्यो अंग्रेज अफिसर उनीमाथि लगातार दुव्र्यवहार गरिरहेको थियो ।

लगभग सात–आठ वर्षको एउटा बालक उसको छेउमा उभिएर यो सब हेरिरहेको थियो । अंग्रेज अफिसरको व्यवहार देख्दा त्यो बालक निकै आक्रोशित भयो । उसले यताउता केही देखेन । उसले तुरुन्तै एउटा ढुंगा टिप्यो र त्यो अंग्रेज पुलिस अफिसरलाई ताकेर प्रहार गर्‍यो ।

ढुंगो सीधै पुलिस अफिसरको निधारमा लाग्यो । उसलाई गहिरै चोट लाग्यो र उसलाई तत्काल अस्पताल भर्ती गरियो । घटनापछि अंग्रेज प्रहरीले निकै दौडधुप गरेर त्यो बालकलाई समातेर ल्यायो । पुलिसको हाकिमले त्यस बालकलाई चिसो रातमा बाहिरै रातभरि नांगो बनाएर राख्ने सजाय दियो र निगरानीका लागि दुईजना चौकीदार नियुक्त गरियो । चिसोमा कम्बल ओढेर सुतेका चौकीदार न्यानो पाएपछि छिट्टै निदाए । 

आधा रातमा उनीहरूको निद्रा खुल्यो । उनीहरूले हतारहतार त्यो बालकलाई हेरे । त्यतिखेर उनीहरू तीन छक परे । त्यो बालक त त्यस्तो चिसो रातमा पनि उठबस गरेर शरीरबाट खलखल पसिना बगाइरहेको थियो । यस्तो साहसी र निडर बालकको नाम थियो, चन्द्रशेखर आजाद । जसले भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा आफ्नो नाम स्वर्णाक्षरमा अंकित गराए ।