१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वातावरणमैत्री इँटा उत्पादनमा एडिबीको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४६:oo

एसियाली विकास बैंकअन्तर्गतको एडिबी भेन्चर्सले नेपालमा वातावरणमैत्री इँटा उत्पादनका लागि सहयोग गरेको छ । आगोले नपोली इँटा उत्पादन गर्ने असल इँटा प्रणालीलाई एडिबी भेन्चर्सले १ लाख २५ हजार अमेरिकी डलर अर्थात् करिब डेढ करोड रुपैयाँ अनुदान प्रदान गरेको हो । इँटा पोल्दा हुने वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असर न्यूनीकरण गर्न वातावरणमैत्री इँटामा लगानी गरिएको एडिबीले जनाएको छ । 

नेपालमा इनोसिएसआर कम्पनीले दक्षिण कोरियाली प्रविधि प्रयोग गरी वातावरणमैत्री इँटा उत्पादन गरिरहेको छ । यसमा माटो तथा सिमेन्टको प्रयोग गरिन्छ । यो परम्परागत इँटाको तुलनामा सस्तो मात्रै होइन, यसको उत्पादनमा लाग्ने समय पनि ६ गुणा कम हुन्छ । यसले धुवाँलगायत ग्रिन हाउसको उत्पादन कम हुने तथा उद्योगमा काम गर्ने कामदारको स्वास्थ्यलाई पनि हानि नगर्ने एडिबीले जनाएको छ । 

विश्वमा हुने कुल इँटा खपतमध्ये एकचौथाई दक्षिण एसियामा हुन्छ । यस क्षेत्रमा तीव्र रूपमा भइरहेको सहरीकरण तथा घर एवं पूर्वाधार निर्माणका कारण इँटाको माग तीव्र रूपमा बढिरहेको छ । इँटाभट्टाले गर्ने प्रदूषणका कारण नेपालमा वार्षिक ६ सयजनाको निधन भइरहेको र स्वास्थ्य सेवामा करिब ५ अर्ब रुपैयाँ आर्थिक भार परेको पनि एसियाली विकास बैंकले जनाएको छ । 

ad
ad