१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस/सिन्ह्वा
२o८१ जेठ १ मंगलबार १५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

मध्यभियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:४२:oo

मध्यभियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनाम सरकारद्वारा सञ्चालित समाचार संस्थाले जनाएको छ । नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

पहिरोमा परी दर्जनौँ व्यक्ति हराएको प्रारम्भिक रिपोर्टमा जनाइएको भए पनि केही व्यक्ति भागेर सुरक्षित स्थलमा बसेको भेटिएको उद्धारकर्मीले जनाएका छन् । बेपत्ता रहेका भनिएका केही मानिसको खोजी जारी रहेको छ । 

प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । विशाल आँधी मोलावीका कारण मध्यक्षेत्रमा मुसलधारे वर्षा, हुरी र बाढीपहिरो आएको हो । 

ad
ad