१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ कार्तिक १२ बुधबार १२:०८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फ्रान्सेली सामानको बहिष्कार मागको समर्थनमा बंगलादेशमा प्रदर्शन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक १२ बुधबार १२:०८:००

बंगलादेशमा दशौँ हजार मुलसमान फ्रान्सेली सामानको बहिष्कारको समर्थनमा सडकमा उत्रेका छन् । 

फ्रान्सको शार्ली शाब्दो पत्रिकाले मुसलमान धर्मका प्रवर्द्धक मोहम्मद पैगम्बरको कार्टुन छापेको विषयलाई फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले समर्थन गरेपछि मुलसमान बहुल राष्ट्रले त्यसको विरोध गरेका छन् । 

मुसलमान बहुल राष्ट्रहरूले त्यसको विरोध गर्दै आपत्ति जनाएका छन् । ढाकामा भएको प्रदर्शनमा म्याक्रोका पुतलासमेत जलाइएको छ । 

ढाकास्थित फ्रान्सेली राजदूतावासतर्फ अघि बढेका दशौँ हजार प्रदर्शनकारीलाई प्रहरीले त्यसतर्फ जानबाट रोकेको बिबिसीले जनाएको छ । 

यही महिनाको सुरुमा पैगम्बर मोहम्मदको कार्टुन छापिएको विषयलाई लिएर एक शिक्षकमाथि सांघातिक हमला गरी हत्या गरिएको थियो । 

कार्टुनको विषयलाई लिएर पत्रिकाको मुख्य कार्यालयमा केही वर्षअघि हमलाकारीहरूले आक्रमण गरी सम्पादकीय समूहका सदस्यहरूकाे हत्यासमेत गरेका थिए । 

धार्मिक आस्थामाथि धर्मनिरपेक्षताका नाममा दुष्प्रचार गरिएको भन्दै यस विषयमाथि संसारभर बहस चलिरहेको छ ।

यसका समर्थकहरूले अभिव्यक्ति स्वतन्त्रताको कदर गर्ने जनाउँदै आएका छन् भने विरोध गर्नेहरूले आफ्नो धार्मिक आस्थामाथि जथाभावी खेलबाड गरेको आरोप लगाउँदै आएका छन् ।