१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ कार्तिक १२ बुधबार १o:५८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ कार्तिक १२ बुधबार १o:५८:oo

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । उनले मंगलबार  पिसिआर रिपोर्ट पजिटिभ आएको बताए ।  उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा  झापाको मेचीनगरस्थित घर आएका थिए । 

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।  हाल घरमै आइसोलेसनमा रहेका उनका  छोरा राजेशलाई पनि कोभिड– १९ को संक्रमण पुष्टि भएको छ ।