गण्डकीमा थप एक सय आठजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजारभन्दा बढी

शनिबार, ८ कार्तिक, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा  शनिबार थप एक सय आठजनामा कोरोना  संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार चार सय ५९ पुगेको छ । 

प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ७७ पुगेको छ ।

प्रदेशमा तीन हजार आठ सय १५ जना कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ । 

सुझावित समाचार