मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ कार्तिक ८ शनिबार १२:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमणकाे दर घट्दो क्रममा, सक्रिय संक्रमित सात लाखभन्दा कम  

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ कार्तिक ८ शनिबार १२:२८:००

भारतमा कोरोना भाइरस महामारी सुरु भएदेखि लगातार बढिरहेको संक्रमण दर केही समयदेखि घटिरहेको छ । भारतमा दुई दिनयता दैनिक कोरोना संक्रमित हुने नयाँ बिरामीको संख्या घटेर ५५ हजारभन्दा कममा सीमित भएको हो ।

शुक्रबार १२ लाख ६९ हजार चार सय ७९ जनाको नमुना परीक्षण गर्दा ५३ हजार नौ सय ३५ नयाँ संक्रमित थपिएका हुन् । गत बुधबार ५६ हजार दुई सय ६४ नयाँ संक्रमित भेटिएकोमा बिहीबार ५४ हजार तीन सय ६७ मात्र देखियो । केहीअघिसम्म भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित थपिने गरेका थिए । 

अहिले भारतमा सक्रिय संक्रमितको संख्या घटेर ६ लाख ८० हजार आठ सय एक मात्र छ । भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ७८ लाख १३ हजार ६ सय ६८ पुगेको छ । त्यसमध्ये ७० लाख १३ हजार पाँच सय ६९  निको भइसकेका छन् । 

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार शुक्रबारसम्म भारतमा १० करोड १३ लाख ८२ हजार पाँच सय ६४ जनाको नमुना परीक्षण गरिसकिएको छ । भारतीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले नजिकिएका चाडबाड र जाडोको मौसम सुरु भएकाले स्वस्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेका छन् । उनले सबै राज्यलाई परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन जुट्नुपर्ने बताएका छन् ।

उनले कोरोना संक्रमणबाट जोगिन आगामी तीन महिना महत्वपूर्ण रहेको उल्लेख गरे ।