१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस धनगढी
२०७७ कार्तिक ८ शनिबार ११:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट २१ को निधन

Read Time : < 1 मिनेट
रासस धनगढी
२०७७ कार्तिक ८ शनिबार ११:४३:००

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट हालसम्म २१ जनाको निधन भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार निधन हुनेमा कैलालीका सबैभन्दा बढी १० जना छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई–दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक–एकजनाको मृत्यु भएको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड– १९ सम्पर्कव्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या बढ्दै गएको बताए ।  

‘अरू प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ,’ उनले  भने, ‘कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।’ 

शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार चार सय ४३ संक्रमित निकाे भएर घर फर्किएका छन् ।

 बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीले बताए । 

स्वाब परीक्षणका लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छन्। अछाम र कञ्चनपुरमा समेत पिसिआर मेसिन जडानको तयारी रहेको जोशीले बताए । 

हाल सुदूरपश्चिममा एक संक्रमितको अति सघन कक्षमा तथा दुईजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन हजार पाँच सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका संक्रमित  बढी छन् ।