मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ७ शुक्रबार १२:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जुम्लामा ३२४ मा कोरोना संक्रमण भएकोमध्ये २५० जना निको भए

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार १२:५६:००

जुम्लामा हालसम्म तीन सय २४ जनामा कोरोना संक्रमण फैलिएको छ । जसमध्ये दुई सय ५० जना निको भई घर फर्केको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । 

कोरोना त्रास बढ्दै गएको भए पनि यहाँका राजनीतिक दलका पार्टी कार्यकर्ताले जमघट, भेला गर्न छोडेका छैनन् । 

दिन प्रतिदिन संक्रमण फैलिँदो अवस्थामा भए पनि राजनीतिक दलका कार्यकर्ताले जमघट र भेला गरेका कार्यक्रमका तस्बिर विनाहिचकिचाहट सामाजिक सञ्जालमा पोस्ट गरेर संक्रमण फैलावटलाई प्रश्रय दिँदै आएको स्थानीयले आरोप लगाउँदै आएका छन् । 

जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलका नेता तथा कार्यकर्तालाई राजनीतिक जमघट भेला रोक्न पटकपटक ध्यानाकर्षण गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले राजनीतिक भेला तथा जमघट रोक्न पार्टीका नेतालाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको भए पनि नरोकिएको बताए ।