मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०५:००:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०५:००:००

पछिल्लो २४ घन्टामा देशभर तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ संक्रमितको मृत्यु भएको छ । बिहीबार संक्रमण देखिएकामध्ये एक हजार पाँच सय ५२ जना काठमाडौं उपत्यकाका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय १२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार आठ सय ७७ पुगेको छ । हाल दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।