१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार ०६:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वाणिज्य बैंक समूहको परिसूचक वृद्धि भएसँगै नेप्सेलाई टेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार ०६:०१:००

- नेप्से पुनः वर्षकै उच्च बिन्दुनजिक : कारोबार रकम अघिल्लो दिनको तुलनामा २८ प्रतिशत बढी

नेप्सेको मैनबत्ती चित्रले भने बुधबार सेतो मैनबत्ती बनाएको छ । तर, मैनबत्तीको शरीरको आकार घट्दै गएकाले ध्यान भने दिनुपर्ने देखिन्छ 

तेस्रो दिन लगातार नेप्से परिसूचक दोहोरो अंकले बढेर १ वर्षकै उच्च बिन्दुनजिक पुगेको छ । नेप्से १४ दशमलव १२ अंकले बढेर १ हजार ५ सय ९७ दशमलव ७३ बिन्दुमा उक्लिएको हो । यो १ वर्षमा नेप्सेले १ हजार ६ सय २० मा उच्च बिन्दु कायम गरेको छ । 

यो तह पार गर्ने कोसिसमा नेप्से रहेको भए पनि पटक–पटक असफल हुँदै आएको छ । वाणिज्य बैंक समूहको परिसूचकमा वृद्धि भएसँगै नेप्से बढ्न टेवा पुगेको हो । बजारमा ४९ प्रतिशत हिस्सा रहेको वाणिज्य बैंक समूहमा सुधार आएपछि बुधबार पनि बजार सकारात्मक हुन पुगेको छ । 

वाणिज्य बैंकहरूले लाभांशमा बोनसको हिस्सा बढाएपछि बजारमा आकर्षण बढेको छ । बुधबार पनि एनआइसी एसिया बैंकले २० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १९ प्रतिशत बोनस सेयर दिने उल्लेख गरेको हो । बैंकिङ र व्यापारमूलक समूहगत सूचकमा बाहेक अन्य समूहगत परिसूचक भने झिनो अन्तरले बढेको छ । होटेल, जलविद्युत्, वित्त र उत्पादनमूलक समूहगत परिसूचक भने घटेको छ । 

बजारमा बुधबार १ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २८ प्रतिशतले बढेको हो । बैंकहरूले प्रस्ताव गर्ने लाभांशले वर्षको उच्च बिन्दुको टेवा तोडिने–नतोडिने निर्धारण हुन सक्ने सम्भावना बढेको छ । तर, अन्य बैंकहरूको प्रस्ताव आएपछि मात्रै स्थिति थाहा हुने देखिन्छ ।

बुधबार भने कारोबारमा आएको १ सय ९२ मा ८३ वटाको मूल्य बढेको र ७३ वटा कम्पनीको मूल्य घटेको छ । नेप्सेको मैनबत्ती चित्रले भने बुधबार सेतो मैनबत्ती बनाएको छ । तर, मैनबत्तीको शरीरको आकार घट्दै गएकाले ध्यान भने दिनुपर्ने देखिन्छ । 

कुमारी बैंकले १०% लाभांश दिने
कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष ०७६/७७ को नाफाबाट सेयरधनीहरूलाई बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैंठकले १०प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  

सिटिजन्स बैंकलाई स्पष्टीकरण
सिटिजन्स बैंकले कारोबार अवधिमै मुनाफाको प्रस्तावसम्बन्धी जानकारी सार्वजनिक गरेको र यस्तो लाभांश प्रस्ताव गर्ने सञ्चालक समितिको बैठकको मितिसमेत उल्लेख नगरेको भन्दै नेप्सेले बैंकसँग जवाफ मागेको छ । बैंकले ७ दशमलव ३० प्रतिशत बोनस सेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांशको घोषणा गरेको थियो । सूचीकृत संस्थाले या त कारोबार खुल्नुअघि नै सञ्चालक समितिको बैठकबाट निर्णय गरेर यस्तो जानकारी दिनुपर्छ । त्यो सम्भव नभए कारोबार बन्द भएपछि बैठक बसेर भोलिपल्टको कारोबार नखुल्दै जानकारी गराउनुपर्छ ।