मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक २ आइतबार
  • Sunday, 13 July, 2025
२o७७ कार्तिक २ आइतबार o९:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँचको मृत्यु, तीन घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २ आइतबार o९:४४:oo

उदयपुरको कटारी नगरपालिका– १४ भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परेर तीनजना गम्भीर घाइते भएका छन्।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०च ७१७१ नम्बरको स्कारपिओ गएराति १२ बजे सिद्धिचरण लोकमार्गमा दुर्घटना भएको हो।  दुर्घटनामा मृत्यु भएकामध्ये दुईजनाको सनाखत भएको छ भने तीनजनाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले बताए । 

सनाखत हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ– ९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण सार्की रहेका छन्। दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका दुई पुरुष र ३०–३५ वर्षकी एक महिलाको पहिचान खुल्न सकेको छैन । पहिचान नखुलेका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो। 

ओखलढुंगाको मानेभञ्याङ– ९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देहीका २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ। 

ब्रेक फेल भएर स्कारपिओ दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको छ। उनीहरू भारतबाट दसैँ  मनाउन घरतर्फ जाँदै थिए ।