मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १ शनिबार १४:२७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धरानमा थप दुई कोरोना संक्रमितको निधन  

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १ शनिबार १४:२७:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना संक्रमितको निधन भएको छ ।

निधन हुनेमा धरानका ६५ वर्षीय पुरुष तथा झापा शिवगढीका ५७ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको  प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । योसँगै प्रतिष्ठानमा निधन हुने संक्रमितको संख्या ६१ पुगेको छ । 

उनीहरूको शुक्रबार राति निधन भएको थियो । झापाका संक्रमितलाई शुक्रबार प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो । हिजो मात्रै उनमा काेरोना संक्रमण पुष्टि भएको थियो । माइस्थेना ग्राभिजका बिरामी उनलाई अस्पताल ल्याएको केही समयमै निधन भएको प्रतिष्ठानले जनाएको छ । 

धरानका बिमारीलाई असोज २८ मा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।