Skip This
संक्रमित थप ‍२१ जनाको निधन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ असोज ३० शुक्रबार
  • Wednesday, 12 August, 2026
२o७७ असोज ३० शुक्रबार १६:३३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संक्रमित थप ‍२१ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ३० शुक्रबार १६:३३:oo

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको निधन भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नेपालमा चार  हजार तीन सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ । जसमध्ये ३७ हजार तीन सय ८२ जना सक्रिय संक्रमित हुन् । 

शुक्रबार तीन हजार पाँच २२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८८ हजार ४० पुगेको छ। 

यस्तै होम आइसोलेसनमा २५ हजार ४६ जना छन् भने क्वारेन्टिनमा चार हजार चार सय आठ जना छन्। 

संक्रमितमध्ये तीन सय १५ जनाको आइसियूमा र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा‍.  गौतमले बताए ।