देशभर ४३ सय ९२ जना संक्रमित थपिँदा ३५ सय २२ जना डिस्चार्ज भए

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

देशमा पछिल्लो २४ घण्टामा ४३ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं उपत्यकामा २४ सय २ जना रहेका छन् । 

यस अवधिमा ३५ सय २२ कोरोना निको भई डिस्चार्ज भएका छन् । 

अहिलेसम्म कुल ८८ हजार ४० जना डिस्चार्ज भएका छन् । 
हाल देशमा ३७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल १२ हजार ३ सय ३६ जना संस्थागत आइसोलेसनमा रहेको उनले जानकारी दिए । 

त्यसैगरी होम आइसोलेसनमा २५ हजार ४६ जना रहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार