१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस
२०७७ असोज ३० शुक्रबार १४:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा कोरोना : २४ घन्टामा नाैजनाको निधन, ६ सय ५४ मा संक्रमण पुष्टि  

Read Time : < 1 मिनेट
रासस
२०७७ असोज ३० शुक्रबार १४:१०:००

पछिल्लो २४ घन्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई–दुईजना छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशमा गरिएको एक हजार ६ सय ४६ जनाको पिसिआर परीक्षणमा दुई सय ४१ महिला र चार सय १३ पुरुष गरी कुल ६ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आज कोरोना संक्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका दुई सय २५ सहित तीन सय २६, सुनसरीका दुई सय नौ, झापाका ७४, संखुवासभाका नौ, उदयपुरका चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङका दुई–दुईजना तथा प्रदेशबाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार दुई सय ६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा तीन सय २६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । 

अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या पाँच हजार तीन  सय ३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार पाँच सय २३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।