१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज ३० शुक्रबार ०७:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शृंखलाबद्ध हत्याविरुद्ध राजविराजमा प्रदर्शन

Read Time : < 1 मिनेट
२०७७ असोज ३० शुक्रबार ०७:५४:००

दलित समुदायमाथि भइरहेका हत्या, हिंसा तथा विभेदका घटना राजनीतिक संरक्षणमा दबाउने प्रयास भइरहेको भन्दै राजविराजमा बिहीबार प्रदर्शन गरिएको छ । संयुक्त दलित संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

सप्तरीसहित मुलुकका विभिन्न स्थानमा दलितमाथि शृंखलाबद्ध घटना भइरहँदा सरकारले ध्यान नदिएकाले बाध्य भएर आन्दोलन थालेको समितिका जिल्ला संयोजक प्रथमलाल रामले बताए । दोषीलाई कारबाही नगरे आन्दोलनलाई झन् व्यापक बनाइने उनले बताए । 

राजविराजस्थित राज रंगशालाबाट निकालिएको जुलुस बजार परिक्रमा गरी पुनः रंगशालामै पुगेर कोणसभामा परिणत भएको छ । सभालाई पूर्वसांसद असर्फी सदा, गंगा सदा, दलित अगुवा झवर राम, बहुजन समाज परिषद् नेपालका अध्यक्ष हरिनन्दन रञ्जन, वरिष्ठ नेता राजाराम पासवान र मेहत्तर उत्थान समाजका केन्द्रीय अध्यक्ष मनोज मेहत्तरलगायतले सम्बोधन गरेका थिए ।