मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ असोज २९ बिहीबार १५:५३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

एक वर्षमा विश्वमा एक करोड क्षयरोगी थपिए, भारतमा मात्रै विश्वको एकचौथाइ क्षयरोगी

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज २९ बिहीबार १५:५३:००

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तयार पारेको विश्व टिबी रिपाेर्ट– ०२० अनुसार सन् ०१९ मा विश्वमा करिब एक करोड क्षयरोगी थपिएका छन् । त्यसमध्ये भारतमा मात्रै २६ लाख ४० हजार मानिसमा क्षयरोग देखिएको थियो । यहाँ प्रतिएक लाखमा एक सय ९३ जनामा (क्षयरोग) टिबी हुने अध्ययनले देखाएको छ ।   

भारतमा कुल क्षयरोगीको २६ प्रतिशत छन् । बाँकी विश्वमा तीन भाग र भारतमा मात्रै एक भाग क्षयरोगी रहेको रिपाेर्टमा उल्लेख छ । रिपाेर्टअनुसार इन्डोनेसियामा ८.५ प्रतिशत, चीनमा ८.४ प्रतिशत, फिलिपिन्समा ६ प्रतिशत, पाकिस्तानमा ५.७ प्रतिशत, नाइजेरियामा ४.४ प्रतिशत, बंगलादेशमा ३.६ प्रतिशत र दक्षिण अफ्रिकामा ३.६ प्रतिशत क्षयरोगी रहेका छन् । 
यस्तै रिपाेर्टअनुसार सन् ०१९ मा क्षयरोगका कारण १४ लाख मानिसले ज्यान गुमाएका थिए । क्षयरोग लाग्ने उमेर समूह १५ वर्ष देखिमाथिका ५६ प्रतिशत पुरुष, ३२ प्रतिशत महिला र १२ प्रतिशत बालबालिका छन् । यसरी क्षयरोग लाग्नेमध्ये ८.२ प्रतिशत एचआइभी पजिटिभबाट पीडित थिए ।

रिपाेर्टले विश्वमा क्षयरोगको संक्रमण दर घट्दै गएको जनाएकाे छ । तर, सोही रिपाेर्टले के पनि भनेको छ भने सन् ०१५ र ०२० को बीचमा संक्रमणदर २० प्रतिशतले कमी ल्याउने लक्ष्य रहेकोमा यो बढ्न सक्छ । सन् ०१५ देखि ०१९ सम्म एक लाख जनसंख्यामा क्रमशः १४२ देखि १३० नयाँ संक्रमित फेला परेका छन् । यो सन् ०१५ को तुलनामा ९ प्रतिशत कमी हो । यस्तै सन् ०१८ देखि ०१९ को बीचमा २.३ प्रतिशत मात्रै कमी आएको छ ।    

भारतमा क्षयरोगको औषधिको प्रभाव कम 
भारतमा प्रतिएक लाख जनसंख्यामा एक सय ९३ जनामा क्षयरोग संक्रमण रहेको अध्ययनले देखाएको छ । जसअनुसार २६ लाख ४० हजार भारतीयमा क्षयरोग हुन सक्ने अनुमान छ । रिपाेर्टअनुसार यसमध्ये ८२ प्रतिशतको उपचार हुन्छ भने मृत्युका अनुपात १७ प्रतिशत छ । 

यस्तै सोही रिपाेर्टअनुसार भारतमा क्षयरोगको औषधिको प्रभाव घट्दै गएको छ । जसका कारण पनि संक्रमित बढिरहेका छन् । रिपाेर्र्पोटमा भनिएको छ, ‘औषधिको प्रभाव निरन्तर घट्नुले स्वास्थ्य सेवालाई नै चुनौती दिइरहेको छ ।’