१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २५ आइतबार ०९:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

लमजुङमा चार सय २५ संक्रमितमध्ये तीन सय ६२ ले काेराेना जिते

सक्रिय संक्रमितकाे संख्या ६३

Read Time : < 1 मिनेट
२०७७ असोज २५ आइतबार ०९:२०:००

लमजुङमा अहिलेसम्म कुल संक्रमितको संख्या चार सय २५ पुगेको छ । संक्रमित हुनेमा पुरुष तीन सय २५ र महिला सयजना छन् । जसमध्ये तीन सय ६२ जनाले कोरोना संक्रमणलाई जितेका छन् । अहिले यहाँ सक्रिय संक्रमित ६३ जना छन् । 

निको भएर घर फर्किएका तीन सय ६२ मध्ये ८४ जना महिला र दुई सय ७८ जना पुरुष रहेका छन् ।  हाल जिल्लामा रहेका विभिन्न आइसोलेसनमा १६ जना महिला र  ४७ जना पुरुष  गरी जम्मा ६३ जना मात्र सक्रिय संक्रमित छन् ।

आइतबार पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाइएका चारजना पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो । आइतबार पाँचजना नयाँ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या चार सय २५ पुगेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आइतबार संक्रमित हुनेमा बेसीसहर- ८ का २०, २२ र ५३ वर्षका पुरुष, बेसीसहर- ७ का २७ वर्षीया महिला र मर्स्याङ्दी गाउँपालिका-३ का २० वर्षीय पुरुषमा कोरोना देखिएको हो ।