लुम्बिनी प्रदेशका सभामुख र मन्त्रीलाई कोरोना संक्रमण

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण देखिएको छ । 

सभामुख घर्तीले ज्वरो आएकाले कोरोना परीक्षण गर्दा संक्रमण देखिएको बताएका छन् । उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्क रहन अपिलसमेत गरेका छन् । 

त्यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण देखिएको उनको निजी सचिवालयले जनाएको छ । 

सुझावित समाचार